उत्तर कोरियाले गरेको मिसाइल परीक्षण खस्यो जापानी समून्द्रमा

१३ भदौ, एजेन्सी – उत्तर कोरियाले विभिन्न प्रतिबन्धको सामना गरेपनि फेरि मिसाइल परीक्षण गरेको छ । जापान सरकारले उत्तर कोरियाले प्रहार गरेको मिसाइल आफ्नो उत्तरी क्षेत्रमाथिबाट समुद्रमा खसेको जनाएको छ ।

97579358_japan-hokkaido

यसअघि जमिनमाथिबाट कुनैपनि मिसाईल परिक्षण गरिएको थिएन । उत्तरले गरेको मिसाइल परिक्षणले दुई देशबीचको तनाब बढेको छ । स्थानीय समय अनुसार आज बिहान उत्तर कोरियाले जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।

जापानले मिसाइल ध्वस्त पार्नका लागि केहि पनि प्रयास नगरेको अधिकारीहरुले बताएका छन् । मिसाइलले जापानको उत्तरी होकाइडोबाट पूर्व झण्डै तीन हजार किलोमिटरको दुरी तय गरेको थियो । मिसाइल समुद्रमा खस्नुअघि तीन टुक्रा भएको थियो ।

शनिबार उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट तीनवटा छोटो दूरीका मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले पछिल्लो ८ वर्षमा धेरै प्रकारका मिसाइल परीक्षण गरेको छ । तर जापानको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले नागरिकको जीवन सुरक्षित राख्न सबैप्रकारका प्रयास थालिने बताएका छन । त्यस्तै जापानी अधिकारीले उत्तरलाई उचित कदम चाल्ने चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त