ओलीले भने – ‘देउवाको बोलीले शिर निहुरियो’

प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनजस्तो नितान्त आन्तरिक मामिलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको एजेन्डका रूपमा प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीबाट व्यक्त धारणाले नेपालको शिर निहुरिएको छ, संसद्को निर्णयलाई धज्जी उडाइएको छ ।’ आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

12

स्वास्थ्य परीक्षणका लागि बैंकक जानुअघि विमानस्थलमा ओलीले पत्रकारसँग भने, ‘देउवाले मुलुकको शिर निहुर्‍याउने काम गरे ।’‘प्रभु संसद्को गणितले गर्दा संविधान संशोधन पारित गर्न सकिनँ तर चाँडै गर्नेछु, मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले यस्तो अभिव्यक्ति दिँदा देशकै शिर निहुरिएको छ’, ओलीले भने ।

‘प्रधानमन्त्रीले गिडगिडाउँदै लज्जास्पद ढंगबाट प्रभु मैले गर्न सकिनँ, कोसिस गरेको थिएँ । तर म गर्छु, त्यसका लागि वातावरण बनाइदिनुपर्‍यो भनेर याचना गर्नुभयो । त्यो वाक्य, शैली हाउभाउ हेर्दा देशकै शिर निहुरिन्छ । हामी सबैका लागि यो अत्यन्त दुःखको कुरा हो’, ओलीले भने ।

संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको र त्यसको निर्णय नेपाली जनताका प्रतिनिधिमार्फत भइसकेको विषयमा प्रधानमन्त्रीले अर्को देशमा गएर बयान दिनु सार्वभौम राष्ट्रको अपमान भएको ओलीले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद