किन एक भए तीन कोइराला ?: नेताहरुले पाएनन् बोल्ने अवसर

कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला  (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन । पाँच साताअघि पारिवारिक रुपमा महामन्त्री शशांकको टोखास्थित निवासमा ‘लन्च मिटिङ’ गरेका तीन कोइरालाले औपचारिक रुपमै एक भएको सन्देश सार्वजनिक गर्न त्यस्तो अवसर खोज्दै थिए, जुन अवसर पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्ने बहानामा मिल्यो । आजकको कान्तिपुरमा खबर छ ।

6

घरमै मञ्च
निमन्त्रणा गर्दा नै पत्रकारसंग तीन कोइरालाको कुराकानी भनेर बोलाइएको थियो र कार्यक्रमलाई पनि त्यहि हैसियतमा औपचारिकता दिइयो । तीन कोइरालालाई एकै ठाउँमा राख्न घरमै मञ्च खडा गरियो । जसमा शशांक, शेखर र सुजाता क्रमश बसे । बायाँपट्टी पत्रकार महासंघका नवनिर्वाचित सभापति गोविन्द आचार्य र कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महत थिए । पत्रकार भेटघाटको कार्यक्रम भनिए पनि पार्टीका नेता र मन्त्रीहरुको पनि उपस्थिती थियो । 

बोल्ने अवसर
कार्यक्रम सुरु हुनुअघि एकैछिन घरभित्र तीन कोइराला बसे र महामन्त्री शशांकले मात्रै कार्यक्रममा मन्तव्य राख्ने सहमति गर्दै बाहिर निस्के । कार्यक्रमलाई औपचारिकता दिदै पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरियो र त्यसपछि महामन्त्री शशांकले मात्रै मन्तव्य राखे । तीन कोइरालाको आयोजनामा बोलाइएकाले उपस्थित पार्टीका अन्य नेताहरुले त्यहाँ बोल्ने अवसर पाएनन् । 

कानेखुशी रोचक
कांग्रेस महामन्त्री शशांकले बोल्दै गर्दा शेखर र सुजाताको हाउभाउ र कानेखुशी रोचक बनेको थियो । सभापति शेरवहादुर देउवालाई गलत ‘फहमी’ नहोस् भन्नकै लागि महामन्त्री शशांकले देउवा निकट नेता महतलाई विहानै कार्यक्रममा उपस्थित भईदिन आग्रह गरेका थिए । ‘मलाई त पार्टीको महामन्त्रीको हैसियतले आयोजना गरिएको कार्यक्रम भनेर आएको हुँ’ महतले भने,‘तर कार्यक्रम सुरु हुँदा नै तीन कोइरालाको आयोजना भनियो । सायद तीन कोइराला एक भएको सन्देश दिन त्यस्तो गरिएको होला । अरु त थाहा भएन ।’  

यसअघि साउन ४ गते टोखास्थित शशांक निवासमा तीन कोइरालाले राजनीतिक बिषयमा छलफल गर्न ‘लन्च मिटिङ’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद