किन एक भए तीन कोइराला ?: नेताहरुले पाएनन् बोल्ने अवसर

कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला  (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन । पाँच साताअघि पारिवारिक रुपमा महामन्त्री शशांकको टोखास्थित निवासमा ‘लन्च मिटिङ’ गरेका तीन कोइरालाले औपचारिक रुपमै एक भएको सन्देश सार्वजनिक गर्न त्यस्तो अवसर खोज्दै थिए, जुन अवसर पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्ने बहानामा मिल्यो । आजकको कान्तिपुरमा खबर छ ।

6

घरमै मञ्च
निमन्त्रणा गर्दा नै पत्रकारसंग तीन कोइरालाको कुराकानी भनेर बोलाइएको थियो र कार्यक्रमलाई पनि त्यहि हैसियतमा औपचारिकता दिइयो । तीन कोइरालालाई एकै ठाउँमा राख्न घरमै मञ्च खडा गरियो । जसमा शशांक, शेखर र सुजाता क्रमश बसे । बायाँपट्टी पत्रकार महासंघका नवनिर्वाचित सभापति गोविन्द आचार्य र कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महत थिए । पत्रकार भेटघाटको कार्यक्रम भनिए पनि पार्टीका नेता र मन्त्रीहरुको पनि उपस्थिती थियो । 

बोल्ने अवसर
कार्यक्रम सुरु हुनुअघि एकैछिन घरभित्र तीन कोइराला बसे र महामन्त्री शशांकले मात्रै कार्यक्रममा मन्तव्य राख्ने सहमति गर्दै बाहिर निस्के । कार्यक्रमलाई औपचारिकता दिदै पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरियो र त्यसपछि महामन्त्री शशांकले मात्रै मन्तव्य राखे । तीन कोइरालाको आयोजनामा बोलाइएकाले उपस्थित पार्टीका अन्य नेताहरुले त्यहाँ बोल्ने अवसर पाएनन् । 

कानेखुशी रोचक
कांग्रेस महामन्त्री शशांकले बोल्दै गर्दा शेखर र सुजाताको हाउभाउ र कानेखुशी रोचक बनेको थियो । सभापति शेरवहादुर देउवालाई गलत ‘फहमी’ नहोस् भन्नकै लागि महामन्त्री शशांकले देउवा निकट नेता महतलाई विहानै कार्यक्रममा उपस्थित भईदिन आग्रह गरेका थिए । ‘मलाई त पार्टीको महामन्त्रीको हैसियतले आयोजना गरिएको कार्यक्रम भनेर आएको हुँ’ महतले भने,‘तर कार्यक्रम सुरु हुँदा नै तीन कोइरालाको आयोजना भनियो । सायद तीन कोइराला एक भएको सन्देश दिन त्यस्तो गरिएको होला । अरु त थाहा भएन ।’  

यसअघि साउन ४ गते टोखास्थित शशांक निवासमा तीन कोइरालाले राजनीतिक बिषयमा छलफल गर्न ‘लन्च मिटिङ’ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि