देउवाले मोदीलाई संविधान संशोधन गर्ने बाचा गरे (भिडियाे)

८ भदौ, नयाँदिल्ली – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको संविधान संशोधन गर्ने बचन दिएका छन् ।

 

दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको भन्दै उनले भने, ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’

प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा झण्डै आधा घन्टा कुराकानी भएको थियो । यो भेटमा दुई देशका विदेशमन्त्री र राजदूत समेत थिए ।

लगतै भएको द्विपक्षीय वार्तापछि देउवा र मोदी संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भए, जहाँ नेपाल र भारतबीच ८ साझदारी पत्रमा हस्ताक्षर भयो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले दुई चरणमा स्थानीय चुनावको स्वागत मात्र गरेनन्, सबैसँग सम्वाद गर्दै सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू गर्ने विश्वास गरे ।

लगतै सम्बोधन गरेका देउवाले भने नेपालको आन्तरिक मामिलालाई अझ खुलेर प्रवेश गराए ।

सरकारले संविधान सबैको स्वीकार बनाउन चाहेको भन्दै उनले भने, ‘हामीले संविधान संशोधन गर्ने प्रयास गर्‍यौं । तर, संसदमा दुई तिहाई बहुमत पुर्‍याउना सकेनौं र संशोधन हुन सकेन । म आशा गर्छु कि भविश्यमा दुई तिहाई पुग्छ र संविधान संशोधन हुन्छ । र, सबैले संविधान स्वीकार गर्छन् ।’

उनले संविधान संशोधन नभएपनि राजपा चुनावमा जान सहमत भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल