मोदीले देउवालाई दिए ‘सरप्राइज’

नयाँदिल्ली, ८ भदाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् ।
मोदीले दिए ‘सरप्राइज’
पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन रेसकोर्स रोडस्थित सरकारी निवासमा एक्लै भेटेर मोदीले ‘सरप्राइज’ दिएका हुन् । नयाँदिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रम चलिरहँदा चियागफका लागि मोदीसँग तत्काल भेटवार्ताको व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् । नेपाली र भारतीय पक्षले देउवा र मोदीबीचको वार्तामा के भयो भन्ने स्पष्ट खुलाएका छैनन् ।

मोदी खुसी
नेपाली पक्षले मोदीको आग्रहमा उत्साहप्रद भेटवार्ता भएको प्रतिक्रिया दिएको छ । ‘दुई मुलुकबीच उच्चस्तरमा भएको यसखालको भेटले हाम्रो सम्बन्धलाई नयाँ आयाम दिने विश्वास गर्न सकिन्छ । किनकि यसखाले भेट विरलै हुन्छ । मोदीको आग्रहमा आकस्मिक भेट भएको हो’, भ्रमण दलमा सहभागी देउवाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने । भारतीय प्रधानमन्त्री मोदीले भेटपछि ट्विटमा भनेका छन्, ‘निकट र मित्रवत छिमेकी नेपालका प्रधानमन्त्री देउवाजीलाई स्वागत गर्न पाउँदा खुसी छु । भोलि हुने बृहत् कुराकानीको प्रतीक्षामा छु ।’

के छलफल भयो ?
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मोदीले नेपालसँगको सम्बन्धलाई महत्वव दिएकाले यस किसिमको भेट भएको बताए । ‘यो मोदीजीको प्रधानमन्त्री देउवाप्रतिको जेस्चर हो’, उनले भने, ‘भारतले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको बुझ्नुपर्छ ।’ उनले देउवा र मोदीबीच के छलफल भयो भन्ने स्पष्ट बताउन चाहेनन् । बिहीबार सरकारी तहमा हुने द्विपक्षीय वार्ताको तयारीका लागि मोदी र देउवाबीच सल्लाह भएको उपाध्यायले बताए । ‘यो भेटले मोदीले नेपालसँगको सम्बन्धलाई सकारात्मक सन्देश दिन चाहेको देखिन्छ’, उनले भने । परराष्ट्र मन्त्रालयका अधिकारीहरू देउवा र मोदीबीचको वार्ता आकस्मिक रहेको बताउँछन् । ‘मोदीको आग्रहमा आकस्मिक भेट भएको हो । हैदरावाद हाउसमा बिहीबार मध्याह्न सरकारी तहमा हुने भेटअघि आधा घन्टाका लागि समय निर्धारण गरेका थियौं’, भ्रमण दलमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

प्रधानमन्त्री देउवा पत्नी आरजुसहित ५० सदस्यीय प्रतिनिधिमण्डलका साथ बुधबार बिहान ११ः१५ मा दिल्ली आएका हुन् । उनलाई बिहान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसी आरोपमा चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर

सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा

आज राति बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, डुबान र भूक्षयको उच्च जोखिम!

काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा