मोदीको तयारीः चुनावमा सहयोग गर्ने, दोक्लाममा समर्थन माग्ने

७ भदौ, काठमाडौं । भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय तयारी छ ।

एक्लाएक्लै भनिए पनि छलफलमा भारतका उच्च सरकारी अधिकारी प्रधानमन्त्रीको साथमा रहने यहाँको परम्परा छ ।

पाँच दिने राजकीय भ्रमणका क्रममा देउवा बुधबार नयाँदिल्ली जाँदै छन् । उच्च कूटनीतिक स्रोतका अनुसार, १९५० को सन्धिको धारा २ अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपाली सकमकक्षी देउवालाई दोक्लाम घटनाबारे जानकारी दिनेगरी टकिङ प्वाइन्ट बनाउने गरी विदेश मन्त्रालयले तयारी गरिरहेको छ । भारतले चुनावमा सहयोग गर्ने र दोक्लाममा समर्थन माग्ने तयारी गरेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि