मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए

२ भदौ – भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् । हडतालका कारण जोगबनी बजार पूर्णतः बन्द छ ।

nakabandi

सडकमा प्रदर्शनकारीले टायर बालेर नाराबाजी गरिरहेका छन् । उनीहरूले सडकमा साइकलबाहेक कुनै सवारीसाधन चल्न दिएका छैनन् । स्थानीय नरेश यादवका अनुसार बाढीबाट जोगबनी क्षेत्रमा मात्र १४ जनाको मृत्यु भएको छ र १० हजार घरपरिवार विस्थापित भएका छन् । उनका अनुसार सरकारले कुनै राहत सामग्री उपलब्ध नगराएका कारण स्थानीयवासी स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका हुन् ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले नाकातर्फ आइरहेका मालबाहक गाडी सीमापारि ५०० कोे संख्यामा थन्किएर बसेको जानकारी दिनुभयो । यसबाट नेपालका आयातकर्ताले (विलम्ब शुल्क) तिर्नुपर्ने भएको छ । एक कन्टेनरले एक दिनको भारु पाँचहजार देखि छ हजार र मालबाहक ट्रकले भारु दुई हजारदेखि २५ सयसम्म विलम्ब शुल्क तिर्नुपर्ने अध्यक्ष परासरको भनाइ छ ।

साउन २८ गते शनिबारदेखि मालबाहक गाडी सीमापारि रोकिएका हुन् । बाढी र त्यसपछिको हडतालका कारण मालसामान भित्रन नपाएपछि विराटनगर भन्सारबाट हुने राजस्व संकलनमा असर पुगेको छ । दैनिक रु साढे सात करोडको हाराहारीमा राजस्व संकलन गरिरहेको कार्यालयले बिहीबार बेलुकासम्म रु ७५ लाखमात्र असुल गरेको छ ।

कार्यालयले साउन २८ गते रु चार लाख, साउन २९ गते रु एक लाख ८७ हजार, ३० गते रु ३९ लाख र ३१ गते रु ५३ लाख, भदौ १ मा रु ७४ लाख संकलन गरेको थियो ।

“यो राजस्व पनि पहिलेदेखि नै आएर थन्किएका मालसामान जाँचपास गरेर संकलन गरिएको हो”, भन्सार अधिकृत हेमन्त न्यौपानेले भन्नुभयो । उहाँका अनुसार साउन २८ गतेयता केही भित्रिएको छैन ।

विराटनगर भन्सारले चालु आर्थिक वर्षमा रु ३१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत दिलीप केसीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट