यी हुन् संसारको सर्वाधिक कमाई गर्ने नायिका

६ ओस्कर अवार्ड जित्ने फिल्म ला ला ल्याण्डकी मुख्य नायिका एमा स्टोनलाई फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा धेरै कमाई गर्ने नायिकाको रुपमा घोषित गरेको छ ।

emma_stone_q3gXFLEV3n

२८ वर्षीया यी हलिउड नायिकाले पछिल्लो एक वर्षमा २.६ करोड डलर कमाएकी छिन् । यो सूचीको दोस्रो स्थानमा जेनिफर एनिस्टन छिन् । उनले पछिल्लो एक वर्षमा २.५५ करोड डलर कमाएकी छिन् । उनले अमेरिकन सिटकम फ्रेन्ड्सबाट लगातार रोयल्टी पाइरहेकी छिन् । ड्रामा फिल्म द यलो बर्डमा पनि देखिइन् । यसका साथै उनी इमिरेट्स एयरलाइन्सकी ब्रान्ड एम्बेसडर पनि हुन् । यो सूचीमा जेनिफर लरेन्स तेस्रो नम्बरमा झरेकी छिन् ।

उनी पछिल्लो दुई वर्षदेखि शीर्ष स्थानमा थिइन् । लरेन्सले पछिल्लो एक वर्षमा २.४ करोड डलर कमाएकी छिन् । उनले सन् २०१६ मा कमाएको भन्दा यो आधा कमाई हो । सन् २०१६ मा उनले ४.६ करोड डलर कमाएकी थिइन् ।

एमाका फिल्मले संसारभी ४ सय ४५ मिलियन डलरको कारोबार गरेको छ । उक्त फिल्मका लागि एमाले थुप्रै अडिशन दिएकी थिइन् । ला ला ल्याण्डले अस्कर अवार्डमा १४ नोमिनेशन पाएका थिए । एमा हलिउडमा महिला र पुरुष अभिनेतालाई बराबर पारिश्रमिक दिइनुपर्छ भनेर आवाज उठाइरहेकी छिन् । उनले विभिन्न अवस्थामा यस्तो माग गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको