इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजय सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ क्लब ब्राइटन अल्बियोनलाई २ – ० ले पराजित गरेको हो ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । यसै सिजन प्रिमियर लिगमा बधुवा भएको ब्राइटनले बलियो टोलि सिटीलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा ब्राइटनले उक्त प्रदर्शन दोहोराउन सकेनन् ।
दोस्रो हाफको ७० औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई १ – ० को अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै सिटीले आत्मघाती गोलको उपहार पायो । खेलको ७५ औ मिनेटमा ब्राइटनका लेविस डुंकले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन र खेल सिटीले २ – ० ले जित्दै नयाँ सिजनको उत्कृष्ट सुरुवात गर्यो ।
जितसँगै म्यानचेस्टर सिटीले ३ अंक जोडेको छ । र, सिटि लिगको दोस्रो स्थानमा छ । लिगको शिर्ष स्थानमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हडर्सफिल्ड टाउन रहेको छ । हडर्सफिल्डले शनिबार राति क्रिष्टल प्यालेसलाई ३ – ० ले पराजित गरेको थियो ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन