सोमबारसम्म निरन्तर वर्षा : शनिबार यस बर्षकै उच्च पानी पर्यो

महिनादेखि कम्जोर बनेको मनसुन बिहीबार दिउँसो २:१० बाट सक्रिय हुँदा देशभर बर्षा भएको छ। दुई दिनदेखिको वर्षाले पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको १२ स्थानमा उच्च खतराको साइरन बजेको छ।

5मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा विद्यमान रहेको छ। यसले मनसूनी गतिविधि सक्रिय हुदाँ अझै केही दिन बर्षा हुने अनुमान विभागले गरेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

देशका अधिकांश स्थानमा बिहीबारदेखि भारी वर्षा भइ रहेको छ। शनिबार र आइतबार पनि मनसुनी वर्षाको गतिविधि देश भरिनै सक्रिय हुदाँ भारी वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

जल तथा मौसम पुर्वनुमान महाशाखा एयरपोर्टका मौसमविद सुवास रिमालका अनुसार मध्य र पुर्वी क्षेत्रमा मनसुन सकृय भएको छ। आइतबारदेखि मध्य र पश्चिम क्षेत्रमा सकृय हुने भए पनि सोमबार देखि मौसम सुधार आउने बताए।

आइतबार देशभर मनसुन सक्रिय भए पनि पुर्वमा कम्जोर हुने तर तुलनात्मक रुपमा मनसुन कम्जोर बन्दै जाने रिमालले बताए। शनिबार यस बर्षकै उच्च पानी परेको छ। सिमरामा दुई सय १७, जनकपुरमा एक सय ३७, दाङा एक सय ६७, नेपालगन्जमा एक सय ६९ मिलिमिटर पानी परेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद