पिपलले जोगायो ज्यान : ‘हातबाट झन्डै बच्चा फुत्किएको’

साउन २९, चितवन – माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्‍यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
4
घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् ।

१३ जना पिपलको रूखमा
त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए । ८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन् । चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए । समाका दुई छोरा दुई छोरी छन् । ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, सोमाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो ।’ बाढी पसेपछि उनको बस्ने बास छैन । माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन् । ‘ श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो ।’

‘झन्डै बच्चा फुत्किएको’
उनीसँगै उनकी बहिनीलाई पनि उस्तै सकस भयो । चार महिनाको छोरोसहित २४ वर्षीया सविता परियारको वास पनि पिपलको रूखमा भयो । उनकी आमा, भाउजूसहित १३ जना पिपलको रूखमा बसे । एक जना रूखमा चढेपछि बच्चालाई पालैपालो तानेका थिए । राति ८ बजेदेखि साढे १२ बजेसम्म उनीहरू रूखमै बसे । आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन् । पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्‍याएका थिए । ‘रातभर पिपलको रूखमा बास भयो’, बुधीमायाले भनिन्, ‘समाउँदा समाउँदै हातबाट झन्डै बच्चा फुत्किएको ।’

घरमा बाढी पसेपछि पिपलको रूखमा चढेर ज्यान जोगाएका समा परियारको परिवार । शुक्रबार राति आएको बाढीका कारण भत्किएको माडीको चितही खोलाको पुल । तस्बिर : अनिल ढकाल

३ सय घरमा क्षति
अविरल वर्षाका कारण गत राति माडीमा बाढी आएको हो । दिउँसोदेखि सिमसिम पानी परे पनि राति ठूलो झरी पर्‍यो । खहरे खोला एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए । ‘राति बाढी आएपछि वृद्ध र बालबालिका जोगाउन गाह्रो भयो । कतिले ज्यानको आस नै मारेका थिए । बाढीका कारण खाद्यान्न, लत्ता-कपडा, भाँडा बगाएको छ’, स्थानीयले भने ।

प्रारम्भिक जानकारीअनुसार माडीमा करिब ३ सय घरमा क्षति पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद