बुटबल । सञ्चारकर्मी तथा गायिका शितल शर्माले चर्चित पानी जहाज १ र २ सार्वजनिक गरेपछि अहिले तिजको गीत बजारमा ल्याएकी छिन् । नेपालको विकास र समृद्धिसंग जोडेर गायकको पानी जहाजको सफलता पछि तिजमा मौलिक पाराको परम्परा धान्ने खालको मात्रै नभै पुरानो पुस्ता र अहिलेको दुबैलाई सम्बोधन हुने खालको नमुना जोडी नामको तिज गीत सार्वजनिक गरेकी हुन ।
बुटवलको बुद्ध टेलिभिजनमा कार्यरत शर्माले तेस्रो लिङ्गी बिनिता शाहीलाई आफ्नो म्युजिक भिडियोमा खेलाएकी छिन् । स्टेज कार्यक्रममा सबै भन्दा अब्बल रहदै आएकी बिनिता पहिलो पटक तिज गीतमा मोडलिङ गरेकी हुन् । बिनिताको यो नमुना जोडी नै पहिलो म्युजिक भिडियो रहेको बताएकि छिन् । बिनितालाई चर्चित उद्घोषीका शितल शर्माले आफ्नो तिजको उपहार नमुना जोडीमा नचाउन सफल भएकी छिन् । बिनिता पनि शितलको गीतमा जमेरै नाचेकी छन् ।
सबदेशसंगै बिदेशमा पनि राम्रो डान्सर भनेर कहलिएकी शाही तेस्रो लिङ्गी हुन । आफु तेस्रो लिङ्गी भएकोमा गर्व गर्ने बिनितिाले नेपालीहरुको तिजमा आफु जम्ने दावी गरेकी छिन । तेस्रो लिङ्गी बिनिताले बिगत केहि बर्ष देखि स्वदेश र बिदेश स्टेजमा जम्दै आएकी छन् । अहिले सम्म बिनिता कुनै म्युजिक भिडियो खेलिनन् तर पहिलो पटक शितल शर्मा नमुना जोडी मार्फत नै आफुलाई सार्वजनिक गरिन । पहिलो पटक म्युजिक भिडियो खेल्न पाएकोमा दङ्ग बिनिताले शितल शर्मा नमुना जोडीलाई नमुना म्युजिक भिडियो बनेको बताइन । यो पटक स्टेज जम्ने गित तिजमा गित शिलत शर्माले बजारमा ल्याएको दावी गर्दै सबैलाई शितलको गितसगै तिज मनाउन आग्रह गरिन ।
सांगीतिक कोशेली पानी जहाज देखि चर्चामा आएकी गायीका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली नमुना जोडी सार्बजनिक गरेकी छिन, बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्मस्ले गरेको छ । जुन भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन्, आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्दहरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ ।
बुटवलकै कलाकार राज केसी , मिनुजÞ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा मीनूजले नै नृत्य निर्देशक को भूमिका निभाएका छन । सगुन शर्माको श्रृगार रहेको छ । बुटवलको चर्चित अम्रपालि ब्याङ्गकेट मा छायांकन भएको भिडियो ले दर्शकको मन जित्ने निर्माण पक्ष्य बताउछ राजेन्द्र भण्डारीको शब्द, पुरुषात्तम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ ।
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल