यस्तो हुनेछ सामसुङले बनाउँदै गरेको ‘आइफोन ८’ को स्क्रिन

२४ साउन – दक्षिण कोरियाली कम्पनी सामसुङ एप्पल ‘आइफोन ८’ को स्क्रिन बनाउन धमाधम लागि परेको छ। सामसुङले एकैपटक सातवटा उत्पादन लाइनबाट ‘ओएलइडी’ स्क्रिन बनाउने भएको हो।

apple-8

‘ओएलइडी’ स्क्रिन आइफोनमा पहिलोपटक राखिन लागिएको यो। यसको पूरा रुप अर्ग्यानिक लाइट इमिटिङ डिओड्स हो। यो ‘ओएलइडी’ स्क्रिनले आफैं प्रकाश दिने भएकाले यसमा ब्याकलाइट जरुरत पर्दैन। ब्याकलाइटका लागि छुट्टै सिस्टम राख्न नपरेपछि स्क्रिन झनै पातलो र एलसिडी भन्दा प्रभावकारी हुन्छ।

यसअघि एप्पलले आफ्नो घडीमा ‘ओएलइडी’ स्क्रिन राख्दै आएको छ। अब आइफोन ८ मा ‘ओएलइडी’ भएको पुरै ५.८ इन्चको स्क्रिन हुनेछ। एप्पल इन्साइडर वेबसाइटका अनुसार आइफोन ८ को स्क्रिनमा ‘भर्चुअल’ होम बटन हुनेछ। सामसुङले पहिलेदेखि नै एप्पलका लागि स्क्रिन बनाउँदै आएको छ।

‘ओएलइडी’ स्क्रिनमा पनि सामसुङले एप्पलमाथि एकाधिकार जमाउने देखिएको छ। किनकि, सामसुङ मात्र एक यस्तो कम्पनी हो जसले ठूलो परिमाणमा ‘ओएलइडी’ स्क्रिन उत्पादन गर्छ। उसले सन् २०१४ देखि ग्यालेक्सी नोट एज सिरिजमा यो स्क्रिन राख्दै आएको छ।

एप्पलले भने सामसुङलाई ‘ओएलइडी’ स्क्रिनमा एकाधिकार दिन्छ या दिन्न, प्रस्ट छैन। गत साता मात्र उसले यो स्क्रिनका लागि एलजी कम्पनीसँग सहकार्य गर्ने खबर आएको छ। यसबारे हालसम्म कुनै कम्पनीले प्रतिक्रिया दिएका छैनन्।

एप्पलले एलजीलाई पनि ‘ओएलइडी’ स्क्रिन बनाउने जिम्मेवारी दियो भने सामसुङलाई ठूलै झट्का लाग्ने विश्लेषकहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता