चुनाव बहिस्कार गरे राजपा समाप्त हुन्छ:हृदयश त्रिपाठी

साउन २२,
 काठमाडौं– राष्ट्रिय जनता पाटी नेपाल (राजपा)का नेता हृदयस त्रिपाठीले सो पार्टीका शीर्ष नेतालाई असोज २ गते हुने स्थानीय तहको निर्वाचन बहिस्कार गरे राजपाको हैसियत समाप्त हुने चेतावनी दिएका छन् । आईतबारबाट काठमाडौमा सुरु भएको राजपा केन्द्रीय समिति बैठकमा बोल्दै नेता त्रिपाठीले राजपाको ‘ओजन’ दुनियाँलाई थाहा भैसकेको भन्दै यस्तो चेतावनी दिएका हुन् । यसअघिको पदाधिकारी बैठकमा उपस्थित नभएका त्रिपाठीले  केन्द्रीय समिति बैठकमा नेताहरुलाई ‘थ्रेट’ को शैलीमा भने ‘राजपाको हैसियत सवैले बुझिसकेका छन् ।यसको ओजन कति छ त्यो पनि सवैलाई थाहा छ । तपाईहरुको क्षमता छैन भन्ने प्रष्ट भइसकेको छ । बरु, चुनावको तयारीमा लागनुस् त्यो नै भलो हुन्छ

 बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेतृत्वप्रति आक्राशित देखिएका त्रिपाठीले १,५र७ नम्बर प्रदेशमा निर्वाचन बहिस्कार गरेर त्यस भेगका जनतालाई धोखा दिएको टिप्पणी पनि गरे । उनले भने ‘त्यसवेला पार्टी नै दर्ता भइसकेको थिएन त्यहि भएर तपाइहरुले बहिष्कार गर्नुभयो, अव २ नम्बर प्रदेशको चुनावमा भने त्यसो नगर्नुस् ।’देश चुनावमय भैसकेको भन्दै नेता त्रिपाठीले निर्वाचन बहिस्कार र विथोल्ने कुरा गर्दा राजपा नेता कार्यकर्ता र समग्र जनताको मनोबल घटने भन्दै पार्टी रहन नसक्ने अवस्थाको मुल्याङकन गर्न नेताहरुलाई सुझाव दिए । उनले स्थानीय चुनाव बहिस्कार गरेपछि त्यसलगत्तै हुने प्रदेशसभा र केन्द्रीय संसदको चुनाव के गर्नुहुन्छ भन्दै प्रश्न गरे । भने ‘अहिले स्थानीय चुनाव बहिस्कार गर्नुहोला,तर प्रदेश र केन्द्रको पनि चुनाव हुदैछ त्यो चुनाव के गर्नुहुन्छ ? त्यो पनि बहिस्कार नै गर्नुभयो भने राजपा पार्टी नै रहँदैन । 
सम्बोधनका क्रममा उनले निर्वाचन बहिस्कार र विथोल्ने नै हो भने ८० प्रतिशत मत नखस्ने बातावरण सिर्जना गर्न सक्नुपर्ने बताए ।     

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको