चुनाव बहिस्कार गरे राजपा समाप्त हुन्छ:हृदयश त्रिपाठी

साउन २२,
 काठमाडौं– राष्ट्रिय जनता पाटी नेपाल (राजपा)का नेता हृदयस त्रिपाठीले सो पार्टीका शीर्ष नेतालाई असोज २ गते हुने स्थानीय तहको निर्वाचन बहिस्कार गरे राजपाको हैसियत समाप्त हुने चेतावनी दिएका छन् । आईतबारबाट काठमाडौमा सुरु भएको राजपा केन्द्रीय समिति बैठकमा बोल्दै नेता त्रिपाठीले राजपाको ‘ओजन’ दुनियाँलाई थाहा भैसकेको भन्दै यस्तो चेतावनी दिएका हुन् । यसअघिको पदाधिकारी बैठकमा उपस्थित नभएका त्रिपाठीले  केन्द्रीय समिति बैठकमा नेताहरुलाई ‘थ्रेट’ को शैलीमा भने ‘राजपाको हैसियत सवैले बुझिसकेका छन् ।यसको ओजन कति छ त्यो पनि सवैलाई थाहा छ । तपाईहरुको क्षमता छैन भन्ने प्रष्ट भइसकेको छ । बरु, चुनावको तयारीमा लागनुस् त्यो नै भलो हुन्छ

 बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेतृत्वप्रति आक्राशित देखिएका त्रिपाठीले १,५र७ नम्बर प्रदेशमा निर्वाचन बहिस्कार गरेर त्यस भेगका जनतालाई धोखा दिएको टिप्पणी पनि गरे । उनले भने ‘त्यसवेला पार्टी नै दर्ता भइसकेको थिएन त्यहि भएर तपाइहरुले बहिष्कार गर्नुभयो, अव २ नम्बर प्रदेशको चुनावमा भने त्यसो नगर्नुस् ।’देश चुनावमय भैसकेको भन्दै नेता त्रिपाठीले निर्वाचन बहिस्कार र विथोल्ने कुरा गर्दा राजपा नेता कार्यकर्ता र समग्र जनताको मनोबल घटने भन्दै पार्टी रहन नसक्ने अवस्थाको मुल्याङकन गर्न नेताहरुलाई सुझाव दिए । उनले स्थानीय चुनाव बहिस्कार गरेपछि त्यसलगत्तै हुने प्रदेशसभा र केन्द्रीय संसदको चुनाव के गर्नुहुन्छ भन्दै प्रश्न गरे । भने ‘अहिले स्थानीय चुनाव बहिस्कार गर्नुहोला,तर प्रदेश र केन्द्रको पनि चुनाव हुदैछ त्यो चुनाव के गर्नुहुन्छ ? त्यो पनि बहिस्कार नै गर्नुभयो भने राजपा पार्टी नै रहँदैन । 
सम्बोधनका क्रममा उनले निर्वाचन बहिस्कार र विथोल्ने नै हो भने ८० प्रतिशत मत नखस्ने बातावरण सिर्जना गर्न सक्नुपर्ने बताए ।     

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट