बेइजिङ, १७ साउन । चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम छ भन्नुभएको छ ।उहाँले भन्नुभयो ‘हामीले कुनै पनि हालतमा र कुनै जनता, कुनै पनि संगठन वा अरु कसैलाई पनि देशका विरुद्धमा प्रयोग हुन वा चीनको भूभागमा पृथकतावादी क्रियाकलाप हुन दिदैनौँ, यसका लागि हामी आफै एकदमै सक्षम र बलिया छौँ ।’
चिनियाँ सेनाको ९० औँ वार्षिकोत्सवका अवसरमा दिनुभएको सन्देशमा राष्ट्रपति चिनफिङले सो धारणा राख्नुभएको हो ।चिनियाँ भूभागलाई कसैले पृथकतावादीको पक्षमा पार्न खोज्ने वा यहाँ देशको सार्वभौमिकताको विरुद्धमा चलखेल गर्न खोज्ने खेल भयो भने हामीले जुनसुकै हालत र अवस्थामा पनि त्यसलाई निस्तेज र असफल बनाउन सक्छौँ त्यसका लागि हामी आफै सक्षम छौँ– उहाँले भन्नुभयो ।बेइजिङको ग्रेट हल अफ द पिपुलमा मङ्गलबार उपस्थित भएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्न्नुभएको हो ।
राष्ट्रपति चिनफिङले सन् २०१२ मा आफ्नो कार्यभार सम्हालेपछि राष्ट्रियताको विषयमा निकै कडा अभिव्यक्ति दिँदै आउनुभएको छ ।उहाँले देशभित्र हुनसक्ने पृथकतावादी क्रियाकलापहरुमा पनि कडा प्रशासनिक निगरानीका लागि निर्देशन दिनुभएको छ ।चिनियाँ जनसेनाको स्थापनाको ९० औँ वार्षिकोत्सवको अवसरमा चीनमा केही दिनयतादेखि बार्षिकोत्सव समारोह र विभिन्न कार्यक्रम सञ्चालन भइआएका छन् । रासस/एएफपी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन