०७४ का सर्वाधिक चर्चामा रहेका तिज गीत–सुचिसहित

काठमाडौं, १८ साउन । नेपाली नारीहरूको महान चाँड हरितालिका तिज आउन अझैँ २६ दिन बाँकि छन् । तिज गीत निमार्णको काम बिस्तारै सेलाउदै गएको सहज अनुमान गर्न सकिन्छ । एक महिना पनि समय बाँकि नरहेको स्थितिमा सर्जकले अब पनि के गीत निकाल्नु भन्ने जस्ता कुरा गर्न थालिसकेका छन् ।

जहिले चर्चामा रहने गायक पशुपति शर्मा यस पालिको तिजका गीतमा पनि उत्तिकै चर्चा बटुल्न सफल भए । हामीले यूटुवमा हेरिएको आधारसँगै सामाजिक सञ्जालमा टिका टिप्पणी गरिएका गीतहरुको आधारमा यो सुचि तयार पारेका छौँ।

पशुपति शर्मा, मन्जु बि.क

गायक पशुपति शर्माले यस वर्ष तिजको अवसरमा आधा दर्जन भन्दचा बढि तिजका गीत गायका छन् । गायक शर्मा प्राय गीत सन्देश वाहक गीतका भाकाहरु गाउने गर्दछन् ।

नेपाली लोक दोहोरी कला क्षेत्रका चर्चीत सर्जक शर्मा आफ्नै लय शब्दमा गाउने दुर्लव सर्जक तथा गायक पनि हुन । मन्जु बि.कको तिज गीत ‘भविष्णवाणी’ बोलको गीत यो समाचार तयार पार्दासम्म यस वर्ष सबैभन्दा बढि हेरिएको गीत हो ।

बद्री पंगेनी, प्रिया भण्डारी

चर्चित गायक बद्री पंगेनी र समुधुर आवाजकी धनी गायिका प्रिया भण्डारीको स्वरमा ‘भाउजुको हाई हाई छ’बोलको सन्देश मुलक तिज गीतले यतिबेला बजारमा तहल्का पिटिरहेको छ ।

श्रीमानले प्रदेशमा पशिनासँग जवानी साटेर कमाएको कमाई स्वदेशमा श्रीमतिले हिफाजि गर्न नसकेकोमा यस्ता अराजकतालाई रोक्नको लागि खबरदारी दिएका छन् । यस गीतले पाउनु पर्ने चर्चा नपाउनुमा गायक पंगेनीको सामाजिक काण्डले केही प्रभाव पारेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

खुमन अधिकारी, लक्ष्मी आचार्य

गायक खुमन अधिकारीले यस वर्ष गायक खुमन अधिकारी र लक्ष्मी आर्चाले स्वर रहेको ‘भिटामिन’ बोलको गीत चर्चामा रहयो ।
यो गीतको बारेमा राम्रो भन्दा पनि नराम्रो तरिकाले हेरेको देखिन्छ । गलामरताको अनुसरण गरेकी गायिका आचार्य नेपाली गीत संगीतको क्षेत्रमा सकारात्मक काम गर्नेहरूको आँखाको तारो नै बनेकी छिन भन्दा फरक पर्दैन ।

सिन्धु मल्ल

गायिका सिन्धु मल्लको यसपालीको तिजको गीतले राम्रै चर्चा पायो । ‘अहिलेको तिज’ बोलको गीतमा चर्चात नायिका वार्षा राउत र वर्षा सिवाकोटीको अभिनय रहेको उक्त गीत राजकुमार बगरको शब्द रहेको छ ।

दिपाश्री निरौला

कलाकार दिपाश्री निरौलाले अभिनय गरेको तिज गीत ‘बैनिको भिनाजु’ पनि उत्तिकै चर्चामा रह्यो । शोभा थापाको आवाजमा तयार भएको उक्त गीतमा निरौला र उनकी बहिनि रानु निरौलाको अभिनयका कारण पनि यो गीत चर्चामा रहेको हो ।

कोमल वली
गायिका कोमल वलीले यसपालीको तिज गीतमा पहिलेका वर्ष जस्तो चर्चा नपाएपनि उनि चर्चामा नै रहिन ।‘म त नाच्दिन के रे’ बोलको गीत बजारमा ल्याएकी वलीलाई उनकै बहिनी प्रज्ञा वलीले साथ दिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको