August 1, 2017

‘ओछ्यानबाटै चुँडिए मुटुका टुक्रा’

साउन १७

कालिकोटको सान्नीत्रिवेणीमा भीरबाट खसेको ढुंगाले घर च्यापेपछि उद्धारमा खटिएका स्थानीय । तस्विर : अन्नपूर्ण

 

कालिकोटको सान्नीत्रिवेणी-६, काव्रागाउँमा भीरबाट खसेको ढुंगाले घर च्याप्दा तीन जना बालबालिकाको ओछ्यानमै ज्यान गएको हो 

सुर्खेत – बेलुकीको खाना खाएर परिवारका सबै सदस्य एउटै ओछ्यानमा सुते । भोलिपल्ट बिहानै उठेर घरधन्दामा जुट्ने उनीहरूको योजना थियो । सबैजना मस्त निदाएका थिए । मध्यराति घरमाथिबाट ठूलो ढुंगा खस्यो ।

ढुंगाले घर नै च्यापेपछि उनीहरू भाग्नै पाएनन् । छिमेकी पुग्दा तीन जनालाई मृत भेट्टाए । दुई जनाको भने बेहोस अवस्थामा उद्धार भयो । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आइतबार मध्यराति भएको यो घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित काव्रा गाउँमा घरमाथि भीरबाट खसेको ढुंगाले च्याप्दा तीन जना बालबालिकाको ओछ्यानमै ज्यान गएको हो । घटनामा स्थानीय बुदे सार्कीका दुई छोरी र एक छोराको मृत्यु भएको छ ।

एउटै ओछ्यानमा सुतेका बुदे र उनकी श्रीमती बेलुलाई भने छिमेकीले घाइते अवस्थामा उद्धार गरेका छन् । १० वर्षीया ललिता, आठ वर्षीय लंकबहादुर र पाँच वर्षीया कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही वडाका वडाध्यक्ष रंगबहादुर सार्कीले भने, ‘परिवारका सबै जना एउटै ओछ्यानमा सुतेका रहेछन्, बच्चालाई बचाउन सकिएन । बाबुआमालाई मात्र घाइते अवस्थामा बाहिर तान्यौं, उनीहरूको पनि अवस्था गम्भीर छ ।’ बुदे बोल्न सक्ने अवस्थामा छैनन् । तर, कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएकी बेलुलाई शरीरको चोटले भन्दा सँगै सुतेका सबै सन्तान गुमाउँदाको पीडाले पोलेको छ ।

काखैबाट तीन सन्तान खोसिएपछि उनी भक्कानिएकी छन् । पीडाको घाउ थप बल्झिएको छ । बेलुले पोखेको पीडा उद्धृत गर्दै वडाध्यक्ष रंगबहादुरले भने, ‘खाना खाएर एउटै ओछ्यानमा सुतेका थियौं, मेरो घरमा के यस्तो विपत्ति आइलाग्यो ? ओछ्यानबाटै मेरा मुटुका टुक्रा चुँडिए, निस्ठुरी दैवले हामीलाई पनि किन सँगै लगेन ? ‘

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित