बाटो काट्दा मोबाइल प्रयोगमा प्रतिबन्ध

काठमाडौं । यात्रुहरुले मोबाइल चलाउँदै सडक काट्दा दुर्घटनाका घटना बढेपछि अमेरिकी राज्य हवाईको होनलुलु सहरमा बाटो काट्दा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ ।होनलुलुका मेयर किर्क काल्डवेले मोबाइलबाट सन्देश आदानप्रदान गरिरहेको वा आफ्ना मोबाइल सामग्री हेरिरहेको अवस्थामा कुनै पनि सडक यात्रु फेला परे उनीहरुलाई १५ देखि ३५ डलरसम्म जरिबाना गरिने बताएका छन् ।1800767909texting_2219289b

यदि कुनै व्यक्तिले प्रतिबन्ध दोहोर्याए उनीहरुलाई अझ बढी जरिबाना तिराइने अधिकारीले जनाएका छन् ।
आगामी अक्टोबरबाट लागु हुने उक्त नियमले सडक दुर्घटना नियन्त्रण गर्ने लक्ष्य लिएको छ । अमेरिकाभर सन् २००० देखि २०११ सम्म भएका मोबाइल फोन प्रयोग जोडिएका सडक दुर्घटनामा ११ हजार भन्दा बढी मानिस घाइते भएका थिए ।तर आलोचकले भने अहिलेको नियम चाहिने भन्दा कडा भएको आरोप सरकारमाथि लगाएका छन् । उनीहरुले नयाँ कानूनले नागरिक स्वतन्त्रतामा आँच पु¥याउने भन्दै यस्ता प्रकृतिका दुर्घटना शिक्षाको माध्यमबाट कम गर्न सकिने तर्क गरेका छन् ।

होनलुलुका मेयरले हस्ताक्षर गरेको उक्त कानून उक्त राज्यको राजधानी र ओहाउ भन्ने टापुमा कार्यान्वयन गरिनेछ ।सडकमा मोबाइल फोनको प्रयोगलाई निरुत्साहित गर्न जर्मनीको एउटा शहरले कानून परिवर्तन नगरी सचेतना अभियानको प्रयोग गर्दै आएको छ । मानिसहरुले माथि हैन तल हेरेर पनि जानकारी पाउन सकुन भनेर आउग्जवर्ग शहरले भुइँमा ट्राफिक संकेतहरु राखिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन