हीरामायाले भनिन् – ‘जहाज उडोस्, सपना नउडोस्’

साउन १५, बारा – दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णयले जितपुर–सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीकी हीरामाया लामा हर्षित छिन्। तर, आयोजनाका कारण आफ्नो परिवार कता पुग्ने हो भन्ने चिन्ताले सताइरहेको छ हीरामायालाई। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

tangiya_basti_bara_77995vhpqZ

भविष्य सम्झिँदा…
विमानस्थल निर्माण प्रक्रिया अघि बढ्दा पनि एक हजार चार सय ७६ घरधुरी रहेको बस्ती व्यवस्थापनका लागि सरकारले ठोस निर्णय नगरेका कारण चिन्ता बढेको उनी सुनाउँछिन्। उनका अनुसार २०३१ सालदेखि बसोबास रहँदै आएको बस्ती आयोजनाका कारण विस्थापित हुने हुँदा त्यसपछि कहाँ बस्ने र कसरी जीविका चलाउने भन्ने चिन्ता बढेको छ। विमानस्थल बन्ने कुराले खुसी लागे पनि भविष्य सम्झिँदा निद्रा नै नलाग्ने उनको भनाइ छ।

सपना
‘लामो समय जसोतसो गुजारा गर्दै आयौं, छोराछोरी पनि हुर्किंदै गए। बस्तीमै विकास होला, सबै सुविधा पाइएला भन्ने सपना देखेका थियौं’, उनी भन्छिन्, ‘तर, अहिले बस्ती नै उठ्ने कुरा आएको छ, हामीलाई कसरी उठाउने र कहाँ लैजाने भन्नेबारे सरकारले केही बोलेको छैन। विमानस्थल बनेर जहाज उडोस् तर हाम्रो सपना नउडोस्, हामी यति चाहन्छौं।’

दुखेसो
विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण, सीमांकनलगायत काम अघि बढिसक्दा पनि झन्डै आठ हजार जनसंख्या रहेको बस्तीबारे सरकारको स्पष्ट कुरा नआउँदा अन्योलमा परेको उनी बताउँछिन्। मुलुककै ठूलो आयोजना निर्माणका लागि सरकार अघि बढिरहँदा लामो समयदेखि बसोबास गर्दै आएका जनताबारे उचित निर्णय गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनको दुखेसो छ। जनतालाई बिचल्लीमा नपारी आयोजना निर्माण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने उनी बताउँछिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद