साउन १५, बारा – दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णयले जितपुर–सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीकी हीरामाया लामा हर्षित छिन्। तर, आयोजनाका कारण आफ्नो परिवार कता पुग्ने हो भन्ने चिन्ताले सताइरहेको छ हीरामायालाई। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भविष्य सम्झिँदा…
विमानस्थल निर्माण प्रक्रिया अघि बढ्दा पनि एक हजार चार सय ७६ घरधुरी रहेको बस्ती व्यवस्थापनका लागि सरकारले ठोस निर्णय नगरेका कारण चिन्ता बढेको उनी सुनाउँछिन्। उनका अनुसार २०३१ सालदेखि बसोबास रहँदै आएको बस्ती आयोजनाका कारण विस्थापित हुने हुँदा त्यसपछि कहाँ बस्ने र कसरी जीविका चलाउने भन्ने चिन्ता बढेको छ। विमानस्थल बन्ने कुराले खुसी लागे पनि भविष्य सम्झिँदा निद्रा नै नलाग्ने उनको भनाइ छ।
सपना
‘लामो समय जसोतसो गुजारा गर्दै आयौं, छोराछोरी पनि हुर्किंदै गए। बस्तीमै विकास होला, सबै सुविधा पाइएला भन्ने सपना देखेका थियौं’, उनी भन्छिन्, ‘तर, अहिले बस्ती नै उठ्ने कुरा आएको छ, हामीलाई कसरी उठाउने र कहाँ लैजाने भन्नेबारे सरकारले केही बोलेको छैन। विमानस्थल बनेर जहाज उडोस् तर हाम्रो सपना नउडोस्, हामी यति चाहन्छौं।’
दुखेसो
विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण, सीमांकनलगायत काम अघि बढिसक्दा पनि झन्डै आठ हजार जनसंख्या रहेको बस्तीबारे सरकारको स्पष्ट कुरा नआउँदा अन्योलमा परेको उनी बताउँछिन्। मुलुककै ठूलो आयोजना निर्माणका लागि सरकार अघि बढिरहँदा लामो समयदेखि बसोबास गर्दै आएका जनताबारे उचित निर्णय गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनको दुखेसो छ। जनतालाई बिचल्लीमा नपारी आयोजना निर्माण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने उनी बताउँछिन्।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि