कतार संकटले नेपालीलाई पर्यो यस्तो असर

साउन १५, काठमाडौं – चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् ।

qatar_esnFvDcuKO

नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । ‘केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो । केही कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द गरेका छन्’, कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले भने । तर, कति कतारी कम्पनीले नेपालबाट डिमान्ड लिन छाडे भन्ने तथ्यांक दूतावास र म्यानपावर एजेन्सीसँग छैन ।

राजदूत कोइरालाले कतारमा हाल कार्यरत नेपालीको रोजगारीमा असर नपरेको बताए । ‘कोही पनि नेपालीले कतारमा जागिर गुमाएका घटना हालसम्म दूतावासको जानकारीमा आएको छैन । उनीहरूको जागिर संकटमा परेको सुनिएको छैन’, उनले भने ।३० नेपालीको रोजगारी गुम्यो

तर, दुई मुलुकबीच कूटनीतिक सम्बन्ध तोडिएका कारण साउदीस्थित कतारको लगानीमा रहेका कम्पनीमा काम गर्ने नेपालीमाथि परेको छ ।कतारका नागरिकको लगानीमा साउदी अरेबियामा सञ्चालित कृषि र पशुपालन व्यवसायमा कार्यरत ३० भन्दा बढी नेपाली कामदारको रोजगारी गुमेको छ । उक्त संख्या अरू बढी पनि हुन सक्ने उनीहरूको भनाइ छ । ती नेपाली पशुपालन र कृषिलगायत पेसामा संलग्न थिए । उनीहरूमध्ये केही ट्रक ड्राइभर पनि छन् । कतार र साउदीबीच कूटनीतिक सम्बन्धविच्छेदको अवस्था छ । कतारले साउदीमा लगानी गर्ने व्यवसायी त्यसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

श्रम स्वीकृति लिनेको संख्या घट्यो
वैदेशिक रोजगार विभागका अनुसार असारमा कतार जान स्वीकृत लिने नेपालीको संख्या पहिलेको तुलनामा घटेको छ ।मासिक औसत ९ हजार नेपालीले कतार जान स्वीकृति लिने गरेकोमा असारमा ५५ सयले स्वीकृति लिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए ।

नेपालसँग समर्थन माग्दै दुवै पक्ष
कतारलाई नाकाबन्दी गर्ने मुलुक र कतार दुवैले नेपालसँग आफ्नो पक्षमा उभिदिन आग्रह गरेका थिए । काठमाडैाँस्थित कतारी राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटी कतारमा रहेका नेपालीको रोजगारीमा समस्या नआउने बताएका थिए ।

उनले कतारमाथिको नाकाबन्दीविरुद्ध बोलिदिन नेपाललाई घुमाउरो ढंगले आग्रह गरेका थिए । त्यसको एक सातापछि इजिप्ट, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाका राजदूतले परराष्ट्रमन्त्री महरा र गृहमन्त्रीसँग भेटी कतारमाथि नाकाबन्दी लगाउनुपरेको कारणबारे अवगत गराएका थिए । उनीहरूले घुमाउरो रूपमा नाकाबन्दीको समर्थन गरिदिन आग्रह गरेका थिए । परराष्ट्रमन्त्री महराले नेपाल यस खालका क्षेत्रीय संकट शान्तिपूर्ण वार्ताबाट हुनुपर्ने जवाफ दिएका थिए । बरु मन्त्री महराले कतार संकटको समाधानका लागि नेपालले मध्यस्थता गर्न सक्ने राजदूतसमक्ष बताएका थिए।

– कतारमाथि आतंकवादलाई प्रश्रय दिएको आरोप
– साउदी अरेबिया, इजिप्ट युएई र बहराइनद्वारा कूटनीतिक सम्बन्धविच्छेद
– कतारमाथि नाकाबन्दी
– विदेशी कामदारको ‘डिमान्ड’ मा कमी
– स्वीकृत भइसकेको कामदार पनि लिन अस्वीकार
– कतारमा चार लाखभन्दा बढी नेपाली
– ३० भन्दा बढी नेपालीको रोजगारी गुम्यो
– असारमा ५५ सयको मात्रै श्रम स्वीकृति
– औसतमा ९ हजार नेपालीले स्वीकृति लिन्थे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद