श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

साउन १५, कोहलपुर – पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेको खबर आजको नागरिकमा छ ।  

anshan_0isi2GwMWI

अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर उत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन् ।

उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ ।

दैलेख नारायण नगरपालिका ६ घर भएका सार्कीले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए । 

उनी आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि भोकभोकै अनशनमा रहेको खबर आज प्रकाशित नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद