राजपाका केन्द्रीय नेता नै फरार सूचीमा

तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो ।

9

जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन् । दुइृ सय ६ मध्ये १ सय ४० वटा मुद्दाको छिनोफानो गरी २ सय ५१ जना आन्दोलनकारीले सफाइ पाइसकेका छन् ।

मधेस आन्दोलनका गम्भीर घटनामध्ये ६६ वटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको छ । छिनोफानो गर्न बाँकी रहेका ६६ मुद्दामा ४ सय ३१ जना आन्दोलनकारी मुछिएका छन् ।

जानकारीअनुसार ६६ वटा मुद्दामध्ये ५२ वटा मुद्दाका २ सय ७२ जना अहिले पनि फरार सूचीमा रहेका छन् ।

तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र हाल राजपा नेपालका पदाधिकारीहरु पनि फरार सूचीमा छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

टिकापुर घटनामा राजपाका केन्द्रीय सचिव रेशम चौधरीसहितका पदाधिकारी फरार छन् । 

जलेश्वरमा प्रहरी हत्याको घटनामा संलग्न रहेका महासचिव देवेन्द्र यादवसहितका नेताहरु फरार सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि