मुम्बई / फिल्ममा अभिनय गरेको पारिश्रमिक लिन गएकी एक हिरोइन सामुहिक बलात्कारको सिकार बनेकी छिन् । मराठी फिल्ममा केही समयदेखि निरन्तर अभिनय गरिरहेकी हिरोइनलाई निर्देशकसहित ५ जनाले सामूहिक बलात्कार गरेका हुन् । यो घटनामा संलग्न एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
औरंगाबाद स्थानीय अपराध शाखा (ग्रामीण)का निरीक्षक कंचन कुमार चातेका अनुसार मुम्बईमा बस्दै आएकी बलात्कृत अभिनेत्रीले मराठी फिल्म ‘लहनपन’ मा काम गरेको पारिश्रमिक पाएकी थिइनन् ।
तर, निर्देशकले पैसा दिने भन्दै आफ्नो साथीकोमा पैसा लिन जान नायिकालाई आग्रह गरे । जब पीडित अभिनेत्री आफ्नो पारिश्रमिक लिन निर्देशकका साथीकहाँ गईन् तब उनीहरुले ५६ किलोमिटर टाढा पुर्याए । ४ साथीसँग मिलेर निर्देशकले उनको सामुहिक बलात्कार गरे ।
प्रहरीले घटनालाई पैठन पुलिसको जिम्मा लगाएको छ र घटनाको छानविन तथा अनुसन्धान चलिरहेको छ । प्रहरीका अनुसार गिरफ्तार गरिएका एक जना बलात्कारमा संलग्न गोविन्द चितलांगे हुन् । घटनामा संलग्न निर्देशकसहित चार आरोपी फरार छन् ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन