काभ्रे–बनेपा बसपार्क नजिकैको होटलमा सामुहिक मृत भेटिएका दाहाल परिवारको अन्त्येष्टि गरिएको छ । शुक्रबार बनेपाको बसपार्कमा रहेको गौतम भोजनालयमा राजाराम दाहालसहित उनका बुबा हरिभक्त, आमा हरिमाया, र बहिनी रञ्जनाले मृत फेला परेका थिए । 
दाहासस्कार पछि मृतक राजारामकी जेठी श्रीमती कमला र हरिभक्तका भाईहरु रामभक्त र विष्णुभक्त किरिया बसेका छन् ।
एक्लै सम्पत्ति खानका लागि मात्रै सम्बन्ध विच्छेदको कागज गरि राजारामसँगै बस्दै आएकी भनिएकी कान्छी श्रीमती भने किरियामा बसिनन् ।
आफूले ८ महिना अघि नै सम्बन्ध विच्छेद गरेको भन्दै उनले किरिया गर्न नमानेको गाउँलेहरुले बताए । आफ्ना बिषयमा समाचार बाहिर ल्याएको भन्दै उनले स्थानीयलाई नछोड्ने भन्दै धम्की दिएको समेत गुनासा आएका छन् ।
यसैबीच सम्पत्तिकै कारण सामूहिक आत्महत्या गरेको खुलेपछि पूजा दाहालले सोमबार जिल्ला मालपोत कार्यालयबाट जेठी श्रीमती कमला र उनका छोरा सुरजका नाममा जग्गा फिर्ता गरेकी छिन् ।
उनकै कारण घटना घटेको आरोप लागेपछि सम्बन्ध विच्छेद हुनुअघि २०७३ मंसिर ७ गते सासू हरिमाया दाहालको नामबाट उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ को ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकसपत्र गरी लिएको जग्गा मध्ये ५ रोपनी जग्गा पूजाले राजारामकै जेठी श्रीमती कमला र उनका छोरा सुरजलाई पास गरिदिएकी हुन् । जग्गा पास गरिदिएलगत्तै तीन दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा राखिएका शवहरूको परीक्षण गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
पूजाले जेठीको अंश नदिने नियतले परिवारकै सल्लाहमा अंश बुझेर सम्बन्ध विच्छेद गरेको तथ्य सार्वजनिक भएको थियो । सोही तथ्य सार्वजनिक भएपछि जेठी र कान्छी श्रीमतीका आफन्तहरूको छलफलबाट बकसपत्र गरेर लिएको पूजाको नामको जग्गा फिर्ता गर्ने सहमति भएपछि पूजाले मालपोत कार्यालयमा पुगेर जग्गा फिर्ता गरिदिएकी हुन् ।
सासू हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकसपत्र गराएर श्रीमान् राजारामसँग २०७३ मंसिर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको सम्बन्ध विच्छेदको मुद्दा १२ गते फैसला पछि २३ दिन अर्थात् २०७३ पुस ५ गते पशुपति श्रेष्ठको साविक दक्षुटोल–१ मा रहेको कित्ता नम्बर ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीनतल्ले घर पूजाले बकसपत्र गरी लिएकी थिइन् । उक्त घरको २५ लाख ऋण भएकाले पूजाले नै सकार्ने सहमति भएको छ ।
यसैबीच काभ्रे प्रहरी प्रमुख सहकुलबहादुर थापाले घटनाको अनुसन्धान भइरहेको चन्दै अझैं निश्कर्षमा पुग्न नसकिएको बताएका छन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’