खुल्दैछ रहस्य काभ्रेकाे ‘सामूहिक मृत्यु’ प्रकरणकाे, जग्गा फिर्ता भयाे

काभ्रे–बनेपा बसपार्क नजिकैको  होटलमा सामुहिक मृत भेटिएका दाहाल परिवारको अन्त्येष्टि गरिएको छ ।  शुक्रबार बनेपाको बसपार्कमा रहेको गौतम भोजनालयमा राजाराम दाहालसहित उनका बुबा हरिभक्त, आमा हरिमाया, र बहिनी रञ्जनाले मृत फेला परेका थिए । kavre-2_dmQbmKgBt2
दाहासस्कार पछि मृतक राजारामकी जेठी श्रीमती कमला र हरिभक्तका भाईहरु रामभक्त र विष्णुभक्त किरिया बसेका छन् । 
एक्लै सम्पत्ति खानका लागि मात्रै सम्बन्ध विच्छेदको कागज गरि राजारामसँगै बस्दै आएकी भनिएकी कान्छी श्रीमती भने किरियामा बसिनन् । 
आफूले ८ महिना अघि नै सम्बन्ध विच्छेद गरेको भन्दै उनले किरिया गर्न नमानेको गाउँलेहरुले बताए । आफ्ना बिषयमा समाचार बाहिर ल्याएको भन्दै उनले स्थानीयलाई नछोड्ने भन्दै धम्की दिएको समेत गुनासा आएका छन् । 
यसैबीच सम्पत्तिकै कारण सामूहिक आत्महत्या गरेको  खुलेपछि पूजा दाहालले सोमबार जिल्ला मालपोत कार्यालयबाट जेठी श्रीमती कमला र उनका छोरा सुरजका नाममा जग्गा फिर्ता गरेकी छिन् ।

उनकै कारण घटना घटेको आरोप लागेपछि सम्बन्ध विच्छेद हुनुअघि २०७३ मंसिर ७ गते सासू हरिमाया दाहालको नामबाट उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ को ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकसपत्र गरी लिएको जग्गा मध्ये ५ रोपनी जग्गा पूजाले राजारामकै जेठी श्रीमती कमला र उनका छोरा सुरजलाई पास गरिदिएकी हुन् । जग्गा पास गरिदिएलगत्तै तीन दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा राखिएका शवहरूको परीक्षण गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।dsc08514_n0ZDSjTr9E

पूजाले जेठीको अंश नदिने नियतले परिवारकै सल्लाहमा अंश बुझेर सम्बन्ध विच्छेद गरेको तथ्य सार्वजनिक भएको थियो । सोही तथ्य सार्वजनिक भएपछि जेठी र कान्छी श्रीमतीका आफन्तहरूको छलफलबाट बकसपत्र गरेर लिएको पूजाको नामको जग्गा फिर्ता गर्ने सहमति भएपछि पूजाले मालपोत कार्यालयमा पुगेर जग्गा फिर्ता गरिदिएकी हुन् ।
सासू हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकसपत्र गराएर श्रीमान् राजारामसँग २०७३ मंसिर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको सम्बन्ध विच्छेदको मुद्दा १२ गते फैसला पछि २३ दिन अर्थात् २०७३ पुस ५ गते पशुपति श्रेष्ठको साविक दक्षुटोल–१ मा रहेको कित्ता नम्बर ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीनतल्ले घर पूजाले बकसपत्र गरी लिएकी थिइन् । उक्त घरको २५ लाख ऋण भएकाले पूजाले नै सकार्ने सहमति भएको छ ।

यसैबीच काभ्रे  प्रहरी प्रमुख सहकुलबहादुर थापाले घटनाको अनुसन्धान भइरहेको चन्दै अझैं निश्कर्षमा पुग्न नसकिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग