अभिनयसँगै बिजनेस गर्ने बलिउडका चर्चित अभिनेत्रीहरू

१० साउन – यस्ता कयौ अभिनेत्री छन्, जसले बलिउडमा आफ्नो पहिचान बनाएर सफलता पाए । अभिनयमा मात्र नभई यी अभिनेत्रीहरुले व्यवसायमा पनि सफलता पाएका छन ।  यस्ता छन आफ्नो अभिनय यात्रासंगै बिजनेस गर्ने १० चर्चित अभिनेत्रीहरु ।

madhuri-2395911

माधुरी दीक्षित -बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित लामो समय सम्म फिल्म क्षेत्रमा देखा परिनन् । त्यसपछि एकैचोटि सन् २०१४ मा फिल्म गुलाव ग्यांगमा देखा परेकी माधुरीले यस बाहेक अनलाईन कार्यक्रम डान्स विद माधुरी चलाउदै आएकी छिन् ।

Shilpa-Shetty-4

शिल्पा शेट्टी -आफ्नो फिल्मी करियरको दौरान हिट फिल्म दिएकी बलिउड अभिनेत्री शिल्पा पछिल्लो समय ठुलो पर्दामा देखा परेकि छैनन् । त्यसपछि उनले सन् २०१५ देखि आफ्ना पति राजकुन्द्रासंग मिलेर आफ्नो छोराको नाममा मोवाइल कम्पनी लन्च गरिन् । योसंगै मुम्वईमा शिल्पाको आयोसिस नामक स्पा पार्लर र क्लव पनि छ । यसअघि शिल्पाले द ग्रेट इन्डियन डाइट नामक किताव लेखेकी थिइन् । साथै शिल्पाले आफ्नो योगा डिभिडि पनि लन्च गरिसकेकी छिन् ।

priyanka-chopra-115598614

प्रियंका चोपडा -बलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउडमा मात्र नभएर हलिउडमा समेत आफ्नो पहिचान बनाइसकेकी छिन् । योबाहेक प्रियंकाको पर्पल पेबल पिक्चर्स नामको आफ्नै प्रोडक्सन हाउस छ । यसको मुख्य उद्देश्य थोरै बजेटमा फिल्म बनाउनु र नयाँ ट्यालेन्टेड कलाकार र निर्देशकलाई ठाउँ दिनु हो । यसमार्फत भोजपुरी र मराठि फिल्म निर्माण गर्ने गरिन्छ ।

anushka-sharma-213294011

अनुष्का शर्मा- अभिनेत्री अनुष्का शर्माको क्लीन स्लेट फिल्म्स नामक प्रोडक्सन हाउस छ । यसमार्फत बनेको पहिलो फिल्म सन् २०१५ मा रिलिज भएर चर्चा कमाएको थियो । यस्तै सन् २०१७ मा रिलिज भएको आफु अभिनित फिल्म फिल्लौरी पनि अनुष्काकै उत्पादन हाउसबाट बनेको फिल्म हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको