२० वर्ष ब्रस नगरेपछि दाँतको यो हाल (भिडीयो सहित )

बेलायतको एक रियालिटी शो मा प्रस्तुत भएका जे नामक युवा २१ वर्षमा लागेका छन् । उनले आफ्ना जीवनकालमा अहिलेसम्म दाँत ब्रस गरेका छैनन् । अर्थात् मुखमा दाँत पलाइसकेपछिलाई गणना गर्दा उनले २० वर्षदेखि दाँत ब्रस गरेका छैनन् ।

सरसफाइको काम गर्ने जे ले आफुलाई बाल्यकालमा कसैले पनि दाँत ब्रस गर्न नसिकाएको बताउँछन् । जसका कारण उनका दाँत खराब भए । उनका दाँत यतिधेरै खराब भएछन् की उनलाई आफ्नै दाँत हेर्न मन लाग्थेन ।

आफ्नो दाँतकै कारण जे ले आफ्ना सपनाहरु पूरा गर्न पाएनन् । उनी खेलकुद वा फिजियोथेरापीमा करिअर बनाउन चाहन्थे । तर खराब दाँतकै कारण उनले चाहेको गर्न सकेनन् ।तर एक दन्त्य चिकित्सकले जे को जिवन बदलिदिए । डेन्टिस्ट जेम्स रसेलले उनको दाँतको सिटी स्क्यान गरे ।

जे का दाँत निकै नै खराब भएको पत्ता लगाए उनले । त्यसपछि दाँतको सघन उपचार सुरु गरे । बिग्रेका दाँत निकाल्ने, दाँत सफा गर्ने र खाली भएको ठाउँमा नक्कली दाँत हाल्ने गरेर उनको मुखमा टम्म सेता दाँत भरिभराउ पारिदिए ।

अहिले उनला्ई आफ्ना मोतीजस्ता सेता दाँत देख्दा आफ्नै हुन् र ? भन्नेमा पत्यार लाग्दैन । किनकी उनका दाँतको हालत यस्तो थियो की उनलाई पानी पिउन पनि गाह्रो थियो पहिले ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि