वीर अस्पतालमा भयो १०१ जनाको हाइड्रोसिलको नि:शुल्क शल्यक्रिया

श्रावण ५ बिहीबा,

काठमाडौं- वीर अस्पतालले ७ महिनाको अवधिमा एक सय एक जनाको हाइड्रोशिलको निःशुल्क शल्यक्रिया गरेको छ। सरकारले हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने) समस्या भएकाको निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम ल्याएको छ।उक्त कार्यक्रम अन्तर्गत वीर अस्पतालले गत पुस १ गतेदेखि निशुल्क शल्यक्रिया गर्न सुरु गरेको हो। पुसदेखि असारमसान्तसम्म एक सय एक जनाको निःशुल्क शल्यक्रिया भएको अस्पतालका सामाजिक सेवा एकाइ÷समन्वय शाखा प्रमुख टीकाराम पनेरुले जानकारी दिए।203926125Bir-Hospital

सरकारले एकजना बिरामीको शल्यक्रिया गरेबापत पाँच हजार ५०० सय रुपैयाँ अस्पताललाई उपलब्ध गराउने छ। उक्त रकम बिरामीको शल्यक्रिया र औषधिका लागि पर्याप्त हुन्छ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत हाइड्रोसिलको निशुल्क शल्यक्रिया गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

हाइड्रोसिल भनेको पुरुषको अण्डकोशको बाहिरी  भागमा पानी जम्मा हुनु हो । हाइड्रोसिल एक वा दुवै अण्ड्कोशमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोश सुनिएको वा ठुलो भएको जस्तो देखिन्छ । हाइड्रोसिलले कहिले दुखाई पैदा गराउदैन तर अण्डकोषको आकार भने ठुलो बनाउँछ । यसको उपचार सामान्य शल्यक्रिया नै हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि