गौशाला, साउन ६,प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् ।शुक्रबार गौशालामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने – ‘तेस्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।’
प्रमुख आयुक्त यादवले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे ।
यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचन तयारी अवस्थावारे जानकारी लिए । रासस
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र