त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्रीको छापा

 
 काठमाण्डौं । सरकारको चाहाना भए केसम्म हुँदैन भन्ने उदाहरण हो अहिले देखिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । तपाई पहिला पहिला यात्रा गरेको मानिस भने यसपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्दा साच्चीकै झुक्कीनु हुन्छ यस्तै भएको छ सुविन साहलाई पनि । उहाँलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उहाँलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ ।हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो कोहीलाई पनि यस्तै लाग्छ । भुइँ, चर्पी, स्नानकक्ष, भित्ताहरु र कुर्सीहरु सबै सफा छन् । सामानहरु यत्रतत्र छरिएका छैनन्, आ–आफ्ना स्थानमा मिलाएर राखिएका छन् । फोहर राख्ने बाकसहरुसमेत आकर्षक र सफा देखिन्छ । भित्र छिरेपछि मगमग बास्ना पनि आइरहेको हुन्छ । यात्रुहरु अचम्म मान्दै भनिरहेका हुन्छन्, “राम्रो १ सफा भएछ विमानस्थल ।”

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव एवम् नेपालका एकजना वरिष्ठ इञ्जिनियर भीम उपाध्यायले आफ्नो फेसबुक वालमा गत असार ३० गते लेख्नुभएको छ, ‘खेमजीको दक्षताको नेपालीले भरपूर फाइदा लिनु सक्नुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको कम्पनीले स्वयंसेवकका रुपमा अकल्पनीय सफाइ गरेको प्रत्यक्ष देख्न पाइन्छ । सिंहदरबारभित्र पनि हामीलाई सिकाइदिन मैले अनुरोध गर्दा म सदा तयार छु, जहिले भन्नुहुन्छ अष्ट्रेलियाबाट ४८ घण्टामै नेपाल आउनेछु भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महान छन् खेमजी नमन् ।’biman-1070x439

सचिव उपाध्यायले यो टिप्पणी गर्नुभएका तिनै खेम शर्माले यतिखेर विमानस्थल सरसफाइको नेतृत्व गर्नुभएको छ । बत्तीस वर्षीय शर्माले अष्ट्रेलियामा सफाइको काम गरेको आठ वर्ष भयो आफ्नै कम्पनी खेम्स क्लिनिङमार्फत ।उहाँले त्यहाँको सरकारी एवम् गैरसरकारी क्षेत्रका ठूला कार्यालय, कम्पनीलगायतका क्षेत्रमा सरसफाइको काम गर्दै आउनुभएको छ । तिनै सफाइका हातहरुले हाम्रो विमानस्थल सफा गर्न थालेको तीन हप्ता मात्र भयो, तर विमानस्थलको मुहार फेरिइसकेछ ।यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईको कमाल भने गृहमन्त्रीलाई जान्छ उनी मध्यरातमा छापा मार्दै केहि हप्ता पहिला त्यहाँ पुगेका थिए । उनले त्यहाँको सुरक्षा ब्यास्था र सरसफाईको बिषयमा निकै चासोको साथ कुरा राखी निर्देशन दिएपछि यो अबस्था आएको बताईन्छ ।।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज