खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव एवम् नेपालका एकजना वरिष्ठ इञ्जिनियर भीम उपाध्यायले आफ्नो फेसबुक वालमा गत असार ३० गते लेख्नुभएको छ, ‘खेमजीको दक्षताको नेपालीले भरपूर फाइदा लिनु सक्नुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँको कम्पनीले स्वयंसेवकका रुपमा अकल्पनीय सफाइ गरेको प्रत्यक्ष देख्न पाइन्छ । सिंहदरबारभित्र पनि हामीलाई सिकाइदिन मैले अनुरोध गर्दा म सदा तयार छु, जहिले भन्नुहुन्छ अष्ट्रेलियाबाट ४८ घण्टामै नेपाल आउनेछु भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महान छन् खेमजी नमन् ।’
सचिव उपाध्यायले यो टिप्पणी गर्नुभएका तिनै खेम शर्माले यतिखेर विमानस्थल सरसफाइको नेतृत्व गर्नुभएको छ । बत्तीस वर्षीय शर्माले अष्ट्रेलियामा सफाइको काम गरेको आठ वर्ष भयो आफ्नै कम्पनी खेम्स क्लिनिङमार्फत ।उहाँले त्यहाँको सरकारी एवम् गैरसरकारी क्षेत्रका ठूला कार्यालय, कम्पनीलगायतका क्षेत्रमा सरसफाइको काम गर्दै आउनुभएको छ । तिनै सफाइका हातहरुले हाम्रो विमानस्थल सफा गर्न थालेको तीन हप्ता मात्र भयो, तर विमानस्थलको मुहार फेरिइसकेछ ।यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईको कमाल भने गृहमन्त्रीलाई जान्छ उनी मध्यरातमा छापा मार्दै केहि हप्ता पहिला त्यहाँ पुगेका थिए । उनले त्यहाँको सुरक्षा ब्यास्था र सरसफाईको बिषयमा निकै चासोको साथ कुरा राखी निर्देशन दिएपछि यो अबस्था आएको बताईन्छ ।।