डन्डीफोरबाट हैरान हुनुहुन्छ ?

  • अनुहारमा हर्बल फेसप्याक लगाउने, युकेलिप्टस एसेन्सियल आयल लगाएर स्टिम बा लिने । नियमित रूपमा आधा घन्टा व्यायाम गर्ने, जसबाट पसिना निस्कियोस् । एस्ट्रिजेन्ट, टोनर आदि नलगाउने ।
  • Girls-In-Flowers-Wallpapers-768x432
  • हर्बल पाउडर तथा गुलाबजलले मात्र अनुहार धुने । दुई पटकभन्दा बढी साबुनले अनुहार नधुने ।
  • एस्ट्रिजेन्ट लोसनले अनुहार सफा गर्नाले छालाको तैलीयपनमा कमी आउँछ तर सोझै एस्ट्रिजेन्ट मात्र नलगाउने ।
  • गुलाब जल तथा एस्ट्रिजेन्ट बराबर मात्रामा मिसाएर दिनमा दुई–तीन पटक लगाउने ।
  • ब्ल्याक हेड्स तथा डन्डिफोरलाई जबर्जस्ती हटाउने प्रयास नगर्ने । त्यसलाई नङले समेत कोट्याउनु हुँदैन ।
  • ब्युटिपार्लरमा गएर अनुहार सफा गराउन सकिन्छ । दिनमा एकपटक अनुहारमा दही लगाउने र १५–२० मिनेटपछि धुने ।
  • दहीमा पाइने इन्जाइमले पनि एक्नेको उपचारमा सहयोग पुग्छ । अनुहारको डन्डिफोरमा ताजा लसुनको पेस्ट लगाउँदा डन्डिफोर कम हुँदै जान्छ ।
  • काटेको प्याज डन्डिफोर आएको ठाउँमा २० मिनेटजति राख्ने । त्यसको एन्टी फंगल तथा एन्टी इन्फ्लेमेटरी गुणले डन्डिफोरलाई पूर्णरूपमा बाहिर निस्कन दिँदैन ।
  • टमाटर तथा कागतीको रस मिसाएर अनुहारको मसाज गर्ने । १५ मिनेटपछि अनुहार पखाल्ने । प्रत्येक २ दिनपछि यो प्रक्रिया दोहोर्याउने । यसले अनुहारको अनावश्यक तैलीयपन कम हुन्छ ।
  • स्याउको बोक्रा ताछेपछि भित्रको भागलाई ब्लेन्डरमा ब्लेन्ड गर्ने । यसलाई अनुहारमा आधा घन्टासम्म राखेपछि चिसो पानीले पखाल्ने । स्ट्रबेरी यसको साटो अन्य कुनै पनि फलफूल लिन सकिन्छमा थोरै दही मिसाएर लेदो बनाउने र अनुहारमा लगाउने । केही मिनेटपछि अनुहार सफा गर्ने ।
  • स्ट्रबेरी, अंगुर, स्याउ तथा सुन्तलालाई एकैपटक ब्लेन्ड गर्ने ।
  • अनुहारमा सख्खरको पातलो लेप दली यो फलफूलको पेस्टलाई मास्कजस्तै गरी लगाउने । आधा घन्टापछि अनुहार धुने ।
  • चन्दन पाउडरले डन्डिफोरको उपचारका साथै सुरक्षा कवचको पनि काम गर्छ । चन्दनमा औषधीय गुण हुन्छ । यसबाहेक चन्दन एउटा उत्कृष्ट सनस्क्रिन पनि हो । यदि चन्दन पाउडरलाई गुलाबजलसँग मिसाएर डन्डिफोर आउनासाथ लगाउने हो भने डन्डिफोर बढ्न पाउँदैन ।
  • मेवा, टमाटर तथा कागतीको रस मिसाएर बनाइएको प्याक अनुहारमा लगाएर हल्का हातले मसाज गर्ने । आधा–आधा कप अनारको रस तथा अनारको लेदो रस निकालेपछि बचेको भागलाई छुट्याएर राख्ने र कपासको सहयोगले अनुहार एवं घाँटीमा लगाउने । तीन मिनेटसम्म त्यत्तिकै छाडेपछि लेदो अनुहार तथा घाँटीमा दल्ने । पछि हल्का मनतातो पानीले सफा गर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि