हालै न्यूयोर्कमा सम्पन्न १८अौं आईफा अवार्डमा अभिनेता आमिर खानको फिल्म दंगलले कुनै पनि अवार्ड पाउन सकेन। अझ आयोजकले दंगललाई कुनै पनि क्याटोगोरीको नोमिनेशनमा पनि राखेन।

सत्य घटनामा आधारित फिल्म ‘दंगल’ले देश र विदेशमा राम्रो व्यपार गरेको थियो। सर्वाधिक रुचाईको फिल्म दंगल र अक्षयको फिल्म एयरलिफ्टले आईफामा कुनै अवार्ड नपाउँदा यतिबेला आयोजकले निकै आलोचना खेपि रहेका छन्।
आयोजकले ‘दंगल’ अवार्डको कुैन पनि क्याटोगोरीमा नपर्नुको कारण दंगलले १८ अौं आइफा अवार्डको लागि फिल्मको नाम नै दर्ता नगरेको जनाएको छ। आयोजकले एक वक्तब्य जारी गर्दै पहिला सबै प्रोडक्सन हाउसलाई एक फर्म भर्न लगाईने र त्यही फर्मको आधारमा भोटिङको लागि पठाइने बताएको छ।
यस प्रक्रियामा ‘दंगल’ समावेश नभएकाले कुनै नोमिनेशनमा नपरेको आयोजकले स्पस्ट पारेको छ।
यो वर्ष फिल्म निरजाले उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो भने फिल्म पिंकबाट उत्कृष्ट निर्देशकको अवार्ड अनिरुद्ध राय चौधरीले पाएका थिए। शाहिद कपुर र आलिया भट्टले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका थिए। फिल्म दंगलले भारत, चीन र अन्य देशमा पनि व्यपारको रेकर्ड तोडेको थियो।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको