मेडिकलमा आगलागी हुँदा अठार लाख बढीको क्षति

५ साउन,कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको आयुष क्लिनिक तथा सुवास फार्मेसीमा गएराति आगलागी हुँदा रु अठार लाख ३५ हजार बराबरको धनमाल क्षति भएको छ । पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ । 

स्थानीय बासिन्दा, प्रहरी र वारुण यन्त्रको सहायताले आगलागी नियन्त्रण गरिएको झलारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए । आगलागी हुनुको कारण भने खुल्न सकेको छैन । पसल सञ्चालक पुष्पराज पन्तले पसल बन्द रहेका बेला अज्ञात व्यक्तिले भेन्टिलेसनबाट आगो लगाएको आरोप लगाए। 

बैंकबाट कर्जा लिएर सञ्चालन गरेको पसल पूरै जलेर नष्ट भएपछि बिचल्ली भएको गुनासो गर्दै उनले भन्नुभयो – “बैंकको कर्जा कसरी तिर्ने भन्ने समस्या उत्पन्न भएको छ ।” 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट