एजेन्सी , लण्डन – दक्षिण अफ्रिकाविरुद्ध २ विकेटको रोमाञ्चक जीत हासिल गर्दै इंग्ल्याण्ड महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य इंग्ल्याण्डले २ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्याएको हो ।
इंग्ल्याण्डलाई लक्ष्यका पार पुर्याउन अलराउण्डर जेनी गनले २७ बलमा २७ रन बनाइन् ।त्यस्तै म्यान अफ द म्याच घोषित विकेट किपर शारा टेलरले सर्वाधिक ५४ रनको योगदान दिइन् भने कप्तन हेदर नाइट र फ्रान विल्सनले समान ३०–३० रनको योगदान दिइन् ।दक्षिण अफ्रिकाका लागि सुन लुस र आयाबोङ्गा खाकाले २–२ विकेट लिए ।यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो ।मिगनन डु प्रिजले सर्वाधिक ७६ रन बनाइन्् भने ओपनर लाउरा वोल्भार्डटले ६६ रनको योगदान दिएकी थिइन् ।
अब दोस्रो सेमिफाइनलमा भारत र अस्ट्रेलिया विहिबार एकअर्काको सामना गर्ने छन् ।
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं