३० असार , काठमाण्डाै । डच क्लब आयाक्सका युवा मिडफिल्डर अब्देलहाक नुरीको फुटबल खेल्ने क्रममा लागेको चोटका कारण मस्तिष्कघात भएपछि उनी मृत्युको नजिक पुगेका छन्।
२० वर्षीय नुरीको शनिवार वेर्डर ब्रेमेनविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा ह्दयको गति रोकिएको थियो। जसका कारण उनी मैदानमै ढल्न पुगेका थिए। विगत एक सातादेखि अस्पताल भर्ना भएका नुरीको स्वास्थ्यको विषयमा क्लबले शुक्रबार विज्ञप्ती जारी गर्दै फर्किन सक्ने सम्भावना निकै कम रहेको बताएको छ।
विज्ञप्तीमा भनिएको छ, ‘उपचारका क्रममा उनको मस्तिष्कका थुप्रै अंकहरुले काम गर्न छोडेको पाइएको छ। मस्तिष्कमा अक्सिजन पर्याप्त नपुग्दा यस्तो समस्या आएको हो।’
सोमबार क्लबले विज्ञप्ती सार्वजनिक गर्ने क्रममा उनको मुटुले राम्रोसँग काम गरिरहेको र टाउकोको स्क्यानमा त्यति ठूलो समस्या नभएको बताएको थियो। तर, नयाँ टेस्टमा उनको मस्तिष्कका थुप्रै नसाहरुले काम गर्न छोडेको देखिएको छ।
अाम्स्ट्रेडममा जन्मिएका नुरीलाई हेलिकोप्टरको सहयोगले अस्ट्रियाको अस्पतालमा लगिएको थियो, जहाँ मैत्रीपूर्ण खेल पनि भएको थियो। क्लबले थप उपचारका लागि उनलाई अाम्स्ट्रेडम ल्याउने तयारी भइरहेको बताएको छ।
म्यानचेस्टर युनाइटेड र फुल्हामका पूर्व गोलरक्षक इडविन भान डेर सार हाल आयाक्स क्लबका कार्यकारी निर्देशक छन्। उनले भनेका छन्, ‘हाम्रा लागि यो सोच्नै नसक्ने खबर आएको छ। यो दुखद खबरमा हामी उनको परिवार र इस्टमित्रसँग छौं।’नुरीले गत सिजन क्लबबाट १५ लिग र कप खेल खेलेका थिए। उनले डच कपमा एक गोल पनि गर्न भ्याएका थिए।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद