दक्षिण अमेरिकाको उरुग्वे र अर्जेन्टिनाको सीमा क्षेत्रमा एउटा यस्तो नदी छ, जुन दुनियाको सबैभन्दा चौडा नदी हो ।
यो नदीको नाम हो रियो डे ला प्लाटा । यो नदीको चौडाई २ सय किलोमिटर रहेको छ ।
यद्यपि, भुगोलशास्त्रीहरुले यसलाई नदी मान्न तयार छैनन् । उनीहरुका अनुसार रियो डेला प्लाटा यस्तो खाडी हो जहाँ उरुग्वे र पेराना नदीको दोभान छ ।
भुगोलविदहरुले यसलाई खाडी भने पनि उरुग्वे र अर्जेन्टिनाले भने यसलाई नदीकै दर्जा दिएका छन् ।
उरुग्वे नदी र पेराना नदी दुई साना नदी हुन् जसको मुख्य स्रोत आन्ध्र महासागर हो । यी नदीहरु अलग–अलग दिशाबाट बगेर आउँछन् र रिआ डे ला प्लाटामा आएर मिल्दछन् । सोही कारण यसलाई विश्वको सबैभन्दा चौडा नदीको रुपमा दर्जा दिइएको हो ।
सन् १५१६ मा एक स्पेनिस समुद्रयात्री जुआन दिज डे सोलिसले सबैभन्दा पहिले यो नदीको खोजी गरेका थिए । जब उनले आन्ध्र र प्रशान्त महासागरको बीचको बाटो खोजिरहेका थिए । त्यस समयमा उनले यसलाई मार ड्युलिक अर्थात् ताजा पानीको समुद्र नामाकरण गरे । सन् १५२० मा एक पोर्चुगिज समुद्रयात्री फर्डिनेन्ड म्यागलिनले यसमाथि केही अनुसन्धान गरे । इटालियन खोजकर्ता सेबस्टियन क्याबोटले १५ वर्षसम्म यो नदीको गहन खोज अनुसन्धान गरेका थिए । तत् पश्चात उक्त नदीको नाम रिओ डे ला प्लाटा राखिएको हो ।
सेबेस्टियनले त्यसबेला उरुग्वे र पेराना नदी पनि पत्ता लगाएका थिए । तत् पश्चात रिओ डेला प्लाटा दुनियाको सबैभन्दा चौडा नदी भएको पत्ता लाग्यो ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
खोटाङ, असोज २५ गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा
असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की