बीमा समितिले बीमा शुल्क घटायो

असार २३ , काठमाडौं– बीमा समितिले निर्जिवन बीमा व्यवसायको बीमा शुल्क घटाएको छ । समितिले बीमितको हितलाई मध्यनजर गरी अग्नी, सामुद्रिक तथा अन्य बीमा अन्तर्गत हाल कायम रहेको हुलदंगा हड्ताल, द्वेशपूर्ण कार्य र आतङ्ककारी तथा विध्वंसात्मक कार्यको बीमाशुल्क दरमा समय सापेक्ष रुपमा परिमार्जन गरेको हो । 

यो परिमार्जित दर साउन एक गतेवाट लागु हुने समितिले जनाएको छ । समितिले निजी आवास (आवासीय फ्लाट एवं एपार्टमेण्ट समेत), होटल, बोर्डिङ्ग हाउस, हस्पिटल, पूजा गर्ने स्थल, पुस्तकालय, कला मन्दिर, होस्टल, म्युजियम, नर्सिंग होम, बैंक, क्लब, मेस हाउस, भोलिन्टर हेडक्वाटर, इन्स्टिच्यूट, मेला वा सभाकक्ष (थिएटर एवं सिनेमा प्रदर्शन गर्ने अनुमति प्राप्त) र कार्यालय (सरसामान भण्डार गर्नका लागि कुनै पनि अंश प्रयोग नभएको), एयरपोर्ट टर्मिनल, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय भवनको बीमा शूल्क प्रति एक हजारमा ०.२६ पैसाबाट घटाएर ०.२० पैसा कायम गरेको छ । 

यस्तै, भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको बन्द वेयर हाउस वा गोदाममा पनि शुल्क घटाएको छ । 

अग्नी बीमा अन्तर्गत हाल कायम रहेको द्वेशपूर्ण कार्यको बीमाशुल्क दर बीमाङ्कको ०.१० पैसा प्रतिहजार कायम रहेकोमा सो दरलाई बीमाङ्कको ०.०५ पैसा कायम गरिएको छ ।

यस्तै, समितिले ब्यक्तिगत दुर्घटना बीमालेख अन्तर्गत हाल १० लाखसम्मको बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको ०.१० पैसा प्रतिहजार र १० लाख भन्दाबढी बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको ०.२५ पैसा प्रतिहजार कायम भएकोमा उक्त दरलाई २० लाख सम्मको बीमाङ्कमा ०.१० पैसाप्रति हजार र २० लाख भन्दाबढीकोे बीमाङ्कमा ०.२५ पैसा प्रतिहजार कायम गरिएको जनाएको छ । ।

गार्हस्थ बीमालेख अन्तर्गत हुलदंगा र हडताल तथा द्वेशपूर्ण कार्य र बिध्वंसात्मक÷आतंककारी कार्यको जोखिमको संयुक्त बीमाशुल्क दर बीमाङ्कको ०.२० पैसा प्रति हजार कायम गरिएको छ । आतंककारी तथा बिध्वंसात्मक कार्यको बीमाशुल्क दर समय सापेक्ष रुपमा परिमार्जन गर्न आवश्यक भएकोले अग्नी बीमा अन्तर्गत बीमाङ्कको ०.२० पैसा प्रतिहजार बीम ाशुल्क दर कायम गरेको, इन्जिनियरीङ्ग बीमा अन्तर्गत बीमाङ्कको ०.४० पैसा प्रतिहजार बीमाशुल्क दर कायम गरिएको र सवारी साधन बीमा अन्तर्गत मोटर बीमादर सम्बन्धी निर्देशिका २०७३ बमोजिम कायम गरिएको समितिले जनाएको छ ।

(यस्तो छ बीमाशुलक दर) 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि