बीमा समितिले बीमा शुल्क घटायो

असार २३ , काठमाडौं– बीमा समितिले निर्जिवन बीमा व्यवसायको बीमा शुल्क घटाएको छ । समितिले बीमितको हितलाई मध्यनजर गरी अग्नी, सामुद्रिक तथा अन्य बीमा अन्तर्गत हाल कायम रहेको हुलदंगा हड्ताल, द्वेशपूर्ण कार्य र आतङ्ककारी तथा विध्वंसात्मक कार्यको बीमाशुल्क दरमा समय सापेक्ष रुपमा परिमार्जन गरेको हो । 

यो परिमार्जित दर साउन एक गतेवाट लागु हुने समितिले जनाएको छ । समितिले निजी आवास (आवासीय फ्लाट एवं एपार्टमेण्ट समेत), होटल, बोर्डिङ्ग हाउस, हस्पिटल, पूजा गर्ने स्थल, पुस्तकालय, कला मन्दिर, होस्टल, म्युजियम, नर्सिंग होम, बैंक, क्लब, मेस हाउस, भोलिन्टर हेडक्वाटर, इन्स्टिच्यूट, मेला वा सभाकक्ष (थिएटर एवं सिनेमा प्रदर्शन गर्ने अनुमति प्राप्त) र कार्यालय (सरसामान भण्डार गर्नका लागि कुनै पनि अंश प्रयोग नभएको), एयरपोर्ट टर्मिनल, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय भवनको बीमा शूल्क प्रति एक हजारमा ०.२६ पैसाबाट घटाएर ०.२० पैसा कायम गरेको छ । 

यस्तै, भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको बन्द वेयर हाउस वा गोदाममा पनि शुल्क घटाएको छ । 

अग्नी बीमा अन्तर्गत हाल कायम रहेको द्वेशपूर्ण कार्यको बीमाशुल्क दर बीमाङ्कको ०.१० पैसा प्रतिहजार कायम रहेकोमा सो दरलाई बीमाङ्कको ०.०५ पैसा कायम गरिएको छ ।

यस्तै, समितिले ब्यक्तिगत दुर्घटना बीमालेख अन्तर्गत हाल १० लाखसम्मको बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको ०.१० पैसा प्रतिहजार र १० लाख भन्दाबढी बीमाङ्कमा बीमाशुल्क दर बीमाङ्कको ०.२५ पैसा प्रतिहजार कायम भएकोमा उक्त दरलाई २० लाख सम्मको बीमाङ्कमा ०.१० पैसाप्रति हजार र २० लाख भन्दाबढीकोे बीमाङ्कमा ०.२५ पैसा प्रतिहजार कायम गरिएको जनाएको छ । ।

गार्हस्थ बीमालेख अन्तर्गत हुलदंगा र हडताल तथा द्वेशपूर्ण कार्य र बिध्वंसात्मक÷आतंककारी कार्यको जोखिमको संयुक्त बीमाशुल्क दर बीमाङ्कको ०.२० पैसा प्रति हजार कायम गरिएको छ । आतंककारी तथा बिध्वंसात्मक कार्यको बीमाशुल्क दर समय सापेक्ष रुपमा परिमार्जन गर्न आवश्यक भएकोले अग्नी बीमा अन्तर्गत बीमाङ्कको ०.२० पैसा प्रतिहजार बीम ाशुल्क दर कायम गरेको, इन्जिनियरीङ्ग बीमा अन्तर्गत बीमाङ्कको ०.४० पैसा प्रतिहजार बीमाशुल्क दर कायम गरिएको र सवारी साधन बीमा अन्तर्गत मोटर बीमादर सम्बन्धी निर्देशिका २०७३ बमोजिम कायम गरिएको समितिले जनाएको छ ।

(यस्तो छ बीमाशुलक दर) 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र