नयाँ शक्तिले बोलायो केन्द्रीय समिति र संघीय परिषदको बैठक, यस्ता छन् एजेन्डाहरु

Naya-Shakti-Meetingकाठमाडौं, २२ असार । नयाँ शक्ति पार्टी, नेपालले केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको बैठक बोलाएको छ ।पार्टीका संयोजक डा.बाबुराम भट्टराईको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीको आमन्त्रित सदस्यसहितको केन्द्रीय कार्यकारी समितिको बैठक साउन ९ र १० गतेको लागि बोलाएको छ । काठमाडौंमा बोलाएको उक्त बैठक सम्पन्न भएलगत्तै पार्टीको संघीय परिषदको बैठक साउन ११ र १२ गते काठमाडौंमा बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव डा.केशवमान शाक्यले जानकारी दिए ।

बैठकले निर्वाचनको समिक्षा गर्नुका साथी पार्टी संचरनामा व्यापक फेरबदल गर्ने तयारी गरिएको नयाँ शक्ति स्रोतले जनाएको छ । ६४४ स्थानीय तहको आधारमा नयाँ संचरना र नेतृत्व निर्माण गर्दै पार्टी संरचनामा युवाहरुको अत्यधिक सहभागिता गराउनेगरी तयारी गरिएको छ ।यसैगरी बैठकले पार्टीको नाम समेत फेरेर नेपालको सन्दर्भमा शक्तिशाली वैकल्पिक राजनीतिक अभियान सुरु गर्नेगरी योजना निर्माण गर्ने नयाँ शक्तिका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि