काठमाडौं, २२ असार । नयाँ शक्ति पार्टी, नेपालले केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको बैठक बोलाएको छ ।पार्टीका संयोजक डा.बाबुराम भट्टराईको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीको आमन्त्रित सदस्यसहितको केन्द्रीय कार्यकारी समितिको बैठक साउन ९ र १० गतेको लागि बोलाएको छ । काठमाडौंमा बोलाएको उक्त बैठक सम्पन्न भएलगत्तै पार्टीको संघीय परिषदको बैठक साउन ११ र १२ गते काठमाडौंमा बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव डा.केशवमान शाक्यले जानकारी दिए ।
बैठकले निर्वाचनको समिक्षा गर्नुका साथी पार्टी संचरनामा व्यापक फेरबदल गर्ने तयारी गरिएको नयाँ शक्ति स्रोतले जनाएको छ । ६४४ स्थानीय तहको आधारमा नयाँ संचरना र नेतृत्व निर्माण गर्दै पार्टी संरचनामा युवाहरुको अत्यधिक सहभागिता गराउनेगरी तयारी गरिएको छ ।यसैगरी बैठकले पार्टीको नाम समेत फेरेर नेपालको सन्दर्भमा शक्तिशाली वैकल्पिक राजनीतिक अभियान सुरु गर्नेगरी योजना निर्माण गर्ने नयाँ शक्तिका एक नेताले जानकारी दिए ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’