भारतमा बालिका बालत्कार गरेको आरोपमा केही स्थानीय महिलाहरुले एक व्यक्तिलाई बाँधेर कुटेका छन् । यस घटनाको भिडियोसमेत सार्वजनिक भएको छ ।
भिडियोमा तीन महिलाहरुले एक पुरुषलाई घेरिरहेको देखिन्छ । पुरुषको दुवै हात पछाडि लगेर बाँधिन्छ र उसलाई एउटा लामो डोरीले जमिनमा घिसार्दै छडीले हिर्काइन्छ । महिलाहरुले आलोपालो गरी आरोपीमाथि लौरो वर्षाइ इरहँदा थुप्रै अन्य महिला तथा केटाकेटीहरुले हेरिरहेका हुन्छन् ।
महिलाहरुले आक्रमण गरिरहँदा पुरुषले कुनै प्रतिकारको प्रयास गरेका छैनन् । भिडियो फुटेजको अन्त्यमा एक पुलिस अफिसर भिडसँग कुरा गरिरहेका देखिन्छन् भने आरोपी जमिनमा लडिरहेकै छन् ।
कथित बलात्कारका विषयमा थप विवरण प्राप्त भएको छैन । घटनास्थल भारतको कुन ठाउँ हो भन्ने पनि पत्ता लागेको छैन ।
यौनजन्य हिंसा भारतमा एउटा राष्ट्रिय मुद्दाका रुपमा रहेको छ । प्रत्येक वर्ष यहाँ दशौं हजार बलात्कारका घटनाहरु हुने गरेको बताइन्छ । सन् २०१५ मा मात्रै देशभरमा ३४ हजार बलत्कारका घटना भएका थिए ।
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो