सुन्दरहरुको सुन्दरतामा प्रतिस्पर्धाका लागि सौन्दर्य प्रतियोगिता हुनु स्वभाविकै हो । तर यो दुनियामा कुरुपहरुको कुरुपता दर्शाउनका लागि समेत प्रतियोगिता हुन्छ ।
यस्तै कुरुप प्रतियोगिता भएको छ कुकुरहरुबीच । विश्वको सबैभन्दा कुरुप कुकुर छनोट गर्नका लागि हरेक वर्ष ‘वर्ल्डस् अगलिएस्ट डग कन्टेस्ट’ नामक प्रतियोगिताको आयोजना गरिन्छ । र, यसपटकको २९ औं प्रतियोगितामा विश्वको सबैभन्दा कुरुप कुकुरको उपाधि ५७ किलो तौलयुक्त मार्था नामक कुकुरले जितेको छ ।
मेस्टिफ नश्लको यो कुकुर कुरुपतामा साँच्चिकै उदाहरण नै छ । विभिन्न १३ देशका प्रतियोगीलाई पछि पार्दै मार्थाले उपाधि चुमेको हो । प्रतियोगिताका दौरान स्टेजमा लैजाँदा मार्थाले साँच्चीकै कुरुपताको हद पार गरेको देखिन्थ्यो । उ जमिनमा उँघिरहेको थियो । उसको मुखको आसपासका काला छालाका विशाल लोतीहरु साँच्चीकै कुरुपताका उदाहरण नै हुन् ।
मार्थाका मालिक जिन्डलरका अनुसार मार्था निकै गम्भीर घाइते भएर बँचेको हो । ऊ दुर्घटनामा परेर झण्डै अन्धो भैसकेको थियो । सर्जरीपछि उसको दृष्टि फर्किएको हो ।
प्रतियोगितामा आ-आफ्ना कुरुप कुकुरहरुलाई भिडाउन कुकुर मालिकहरु कस्सिएका थिए । सहभागी कुकुरहरु एक से एक कुरुप देखिन्थे ।
दुनियाको सबैभन्दा कुरुप कुकुरको उपाधिसँगै मार्थाले १५ सय अमेरिकी डलर पुरस्कार हात पारेको छ । यतिमात्र होइन उसले पुरस्कारकै रुपमा न्युयोर्कको भ्रमण समेत गर्न पाउनेछ ।
अमेरिकाको क्यालिफोर्नियास्थित सोनोमा काउन्टीको पेटालुमामा भएको सोनोमा मरिन महोत्सवका दौरान कुरुप कुकुर प्रतियोगिताको आयोजना भएको हो । हेरौँ प्रतियोगितामा सहभागी केही कुरुप कुकुरहरु
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको