यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ (डीएनएफ–२) लागू गरिने बताएका छन्। मंगलबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री गुरुङले फ्रेमवर्कको मसौदा तयारी पूरा भइसकेको र कार्यान्वयन स्वीकृतिका लागि छिट्टै मन्त्रिपरिषदमा पेस गरिने जानकारी दिए।

उनका अनुसार, २०७६ सालमा लागू भएको पहिलो चरणको डिजिटल नेपाल फ्रेमवर्कमा ८ मुख्य डोमेन र ८० इनिसिएटिभ्स समावेश थिए। दोस्रो चरणको फ्रेमवर्क समयसापेक्ष, व्यापक र बृहत्तर हुने उल्लेख गर्दै उनले कृषि, स्वास्थ्य, शिक्षा, शहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्तीय सेवा र डिजिटल फाउन्डेसनलाई प्राथमिक डोमेनका रूपमा समावेश गरिएको बताए।

सरकारले फ्रेमवर्क कार्यान्वयनका लागि करिब १ खर्ब ७ अर्ब ५० करोड रुपैयाँको बजेट अनुमान गरेको छ। मन्त्री गुरुङका अनुसार, सम्झौता भए पनि विश्व बैंकले परियोजनामा आर्थिक सहयोग नगरेको र यस वर्ष मन्त्रालयले आफ्नै पहलमा लागू गर्ने तयारी गरेको हो।

फ्रेमवर्क प्रभावकारी बनाउन विभिन्न मन्त्रालयसँग साझेदारी आवश्यक भएको उल्लेख गर्दै मन्त्री गुरुङले प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवको संयोजकत्वमा विषयगत समन्वय समिति गठन गर्नुपर्ने धारणा राखे। साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति मसौदा पनि छिट्टै मन्त्रिपरिषदबाट स्वीकृत गरिने जानकारी दिए।

मन्त्री गुरुङका अनुसार, हालसम्म १४० वटा सरकारी निकायमा ‘सरकारी एकीकृत अफिस व्यवस्थापन प्रणाली’ (जीआईओएमएस) लागू भइसकेको छ। करिब २० हजार सरकारी इमेल सेवा प्रयोगमा छन् भने १४ हजार ७३३ वटा विद्युतीय हस्ताक्षर सक्रिय छन्। हुलाक सेवा डिजिटाइजेसन, डाटा सेन्टर निर्माण लगायतका काममा मन्त्रालय सक्रिय रहेको उनले बताए।

यस वर्ष काठमाडौँ र पोखराबाट ५जी नेटवर्क सेवा सुरु गर्ने तथा फोरजी सेवा देशभर विस्तार गर्ने योजना पनि मन्त्री गुरुङले प्रस्तुत गरे।बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले हालसम्म राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० कार्यान्वयनमा ल्याइएको, डाटा सेन्टर तथा क्लाउड सेवा निर्देशिका, २०८१ लागू गरिएको, सरकारी वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरिएको र सूचना प्रविधि आकस्मिक सहायता समूह निर्देशिका कार्यान्वयनमा रहेको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

माओवादी १२० सिटबाट खुम्चिएर २–३ सिटमा सीमित भयो, अहिले पार्टी नै रहेन : जनार्दन शर्मा

फागुन १,काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्रभित्र आफ्नो आवाज सुन्ने

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र