१९ असार, प्योङयाङ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले गत हप्ता वासिङ्टन भ्रमणका शिलशिलामो अमेरिकासँग ‘चापलुसी तथा आत्मसमर्पण’ गरेको उत्तर कोरियाले आइतबार आरोप लगाएको छ ।
उत्तर कोरियाली सरकारी दैनिक पत्रिका रोडोङ सिनममा प्रकाशित मुनको भ्रमण समिक्षामा नयाँ दक्षिण कोरियाली सरकारले “कार्यभार सम्हाल्नु पहिले कुनै प्रष्ट नीतिबिना भ्रमण गरेर अमेरिकाबाट मानसिक दवावको सामना” गर्नुपरेको बताइएको छ ।
“राष्ट्रपति मुनले अमेरिकाको पहिलो भ्रमणकै क्रममा कमजोर बिषयवस्तु सहित गएका कारण ‘चापलुसी तथा आत्मसमर्पण’ गर्नुपरेको” भनाई दक्षिण कोरियाली अधिकारीले खुलासा गरेको बताइएको छ ।
अव उनीहरूको व्यबहारले कतै अमेरिकी पक्षधर नेतृत्वको अन्त्यहुने बेलाभएको त हैन भन्ने आशङ्का उब्जाएको पूर्व राष्ट्रपति पार्क ग्युन हेको शासनसत्तालाई देखाउदै जनाइएको छ ।
वर्तमान् राष्ट्रपति मुन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको भ्रमणमा दक्षिण कोरियामा अमेरिकी सैन्य गठबन्धनलाई थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । दुई नेताले उत्तर कोरियाको निरन्तरको आणविक हतियार मोहलाई लिएर प्योङयाङ विरुद्ध कडा खालको प्रतिबन्ध लगाउने विषयमा सहमति गरेको बताइएको छ ।
उत्तर कोरियाले जति नै चर्को स्वरले कुरा गरेपनि यसले आफ्नो देशलाई कुनै असर नपर्ने जनाएको छ । रासस
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष