
भारतको राजधानी दिल्लीभन्दा ३ सय किलोमिटर टाढा राजस्थानको अलवरमा एउटा पूरानो किल्ला छ । यो किल्ला अहिले भग्नावशेषको रुपमा रहेको छ । यो खण्डहरु कुनै समयमा भने एक भव्य तथा मानिहरुले भरिएको क्षेत्र थियो ।
यो इलाकामा सोमेश्वर, हनुमान, कृष्ण, देवी आदीका दर्जनौँ मन्दिर रहेका छन् । भगवानै भगवानको बीचमा रहेको यो ठाउँ चाहीँ भुताहा ठाउँको नामले चर्चित छ ।
यो ठाउँमा कुनैपनि भवनका छत छैनन् । तर अनौठो के भने सबै मन्दिर चुस्त अवस्थामा छन् ।
यो ठाउँलाई श्राप पर्नाले भुताहा ठाउँ भनेको विश्वास छ । यस ठाउँमा महल भएको स्थानमा महिला गुरु बालुनाथ बस्थे । उनले उक्त महल बनाउने बेलामा आफ्नो ध्यान भंग गर्ने भएकाले त्यहाँ कुनै महल नबनाउन चेतावनी दिएका थिए । यदि आफ्नो ध्यान भंग गरेमा सारा सहर ध्वस्त हुने चेतावनी उनको थियो । तर उनको कुरालाई कसैले ध्यान दिएन र त्यहाँ भवनहरु बनाए । जसका कारण गुरुले श्राप दिए र रातारात त्यस ठाउँ विरानो बन्यो ।
उक्त ठाउँलाई एक तान्त्रिकले पनि श्राप दिएका कारण एकाएक ध्वस्त भएर खण्डहरमा परिणत भएको विश्वास गरिन्छ ।
उक्त तान्त्रिकले त्यस किल्लामा रहेका कुनैप्नि मानिसले पुनर्जन्म लिन नपाउन् भन्ने श्राप दिएको थियो । सोही कारण त्यस क्षेत्रमा अकालमा मृत्यु भएका मानिसहरुको आत्माले मुक्ति पाएन र पुनर्जन्म समेत नपाउँदा धेरै कैयन् मृतात्माहरु अहिले पनि भटि्करहेको विश्वास गरिन्छ ।
यो ठाउँमा साँझ पर्ने बित्तिकै मानिसहरु जान डराउँछन् । सरकारी अधिकारीले पनि त्यहाँ रातको समयमा जान निषेध गरेको छ । उक्त ठाउँमा रात बिताउने मानिस कोहीपनि ज्यूँदै नफर्किएको स्थानीयहरु बताउँछन् । फर्किएर आएका मानिसहरु पनि मानसिक रुप्मा विक्षिप्त बनेको बताइन्छ ।
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो