सल्यान, १६ असार । अपहरणमा परेका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा आज फेला परेको छ ।
श्रेष्ठको शव छत्रेश्वरी गाउँपालिका–४ झिम्पेमा रहेको घना जङ्गलमा फेला परेको हो । श्रेष्ठको हत्या धेरै दिनअघि भएकाले पहिचान गर्न गाह्रो भएको र उहाँले लगाएको लुगाबाट शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीकोे अवस्था अझै अज्ञात रहेको छ ।
गएको जेठ २६ गते राति बेपत्ता भएका व्यापारी श्रेष्ठ चढेको बा १२ च १०७१ नम्बरको गाडी सल्यानकै रिम गाविसमा फेला परेको थियो । अपहरणमा परेका श्रेष्ठको खोजीका लागि नेपाल प्रहरीको सिआइवीको टोली सल्यानमा आएको थियो ।
टोलीले अपहरणमा संलग्नमध्ये केहीलाई पक्राउ गरेपछि श्रेष्ठको हत्या भएको पत्ता लागेको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई दाङ लगेपछि आजै प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिने जनाएको छ । रासस
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट