काश्मिरमा केबुल कार दुर्घटनामा पाँचको मृत्यु

Cable-car-kashmir

१२ असार, श्रीनगर (भारत प्रशासित काश्मिर) । भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

केबुलकार चलिरहेको अवस्थामा रुखमा ठोक्किएपछि घिर्नी लठ्ठाबाट खुस्किएको र करिब ३० मिटर तल भूइमा खसेको प्रहरी अधिकारी इम्तियाज हुसैनले बताए । कारभित्र रहेका पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएको हुसैनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा नयाँ दिल्लीबाट भ्रमणमा आएका एक जोडी र उनीहरुका दुई बच्चा परेको थाहा भएको हुसैनले बताए ।

केबुलकारमा सवार यात्रुहरु पिरपान्जल हिमालयन शृङ्खलातर्फ जाँदै गर्दा भएको बताइएको छ । गुलमार्ग स्कीका लागि उच्च भूभागमा रहेको प्रसिद्ध भारतीय गन्तव्यस्थल हो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद