पाकिस्तानमा तेल ट्याङ्करमा आगोलाग्दा १२० को मृत्यु, १०० घाइते

Oil-tanker-blast

११ असार, इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ ।

पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा सो दुखद घटना भएको त्यहाँको अस्पतालले जानकारी दिएको छ । पाकिस्तानी पञ्जाव प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा.अरुन्जेबले सो जानकारी दिएका छन ।

उनले उक्त आगलागीका कारण ज्यान जानेको सङ्ख्या १२० पुगेको पुष्टि गरेका छन । साथै उक्त बहालपुर जिल्लाका विभिन्न अस्पतालमा गरी १०० जनाभन्दा बढी व्यक्ति घाइते रहेका पनि उनले पुष्टि गरेका छन ।

बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो । उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो ।

सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको प्रज्ज्वलनशील पदार्थ पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकलाई आगालागीले शिकार बनाएको थियो ।

सयौँको सङ्ख्यामा जम्मा भएर नागरिकले तेल उठाउदै गर्दा अकस्मात उक्त तेलमा नै आगो लागेको थियो । आगो लागेपछि नागरिकमा भागाभाग मच्चिए पनि उनीहरु सबैजना एकैपटक भाग्न सकेका थिएनन् ।

सोही आगलागीमा परी कम्तीमा पनि १२० जनाको ज्यान गएको र अरु १०० भन्दा बढी जलेर घाइते भएका प्रत्यक्षदर्शीलाई उद्धृतगर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सडकमा ट्याङ्कर दुर्घटना नै भएर हो या किन पल्टियो भन्ने बारेमा भने केही बताइएको छैन । त्यसैगरी तेल पोखिएपछि आगो कसरी लाग्यो भन्ने बारेमा पनि केही पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

तर कतिपय स्थानीय सञ्चारमाध्यमहरुले पोखिएको तेल उठाउन आएकामध्येकै कसैले चुरोटको ठुटो त्यहाँ फालिदिएका कारण सो आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर यसको पुष्टि भने भएको छैन ।

स्थानीय दमकल विभागका एकजना कर्मचारीले सो दुर्घटनास्थलमा कम्तीमा पनि तीन वटा दमकल पठाइएको जनाएका छन् । उनका अनुसार सो सडक बस्तीभन्दा केही पर रहेकोले बस्तीमा भने आगोको असर केही परेको छैन ।

तर त्यहाँ रहेका करिब ७५ वटा मोटरसाइकल र ६ वटा गाडी भने आगोमा जलेर ध्वस्त भएका छन् । अधिकांश ती सवारी साधन पनि पोखिएको तेल जम्मा गर्न आएका मानिसको भएको अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि