
११ असार ,काठमाडाैं। अन्ततः विभिन्न खालका चर्चा र परिचर्चाका विच नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरविच विवाह हुने पक्का भएको छ । केही दिन अगाडि हामीले नीशा र शरदको बिहे हुँदै भन्ने खबर सार्वजनिक गरेका थियौ । प्रेम चर्चा चलेको केही समयपछि नीशा आफैले आफ्नो ब्रेकअप भएको भन्दै मिडियामा अभिव्यक्ति दिएकी थिइन् ।
हो, अब यी दुइले असार १६ गते बिहे गर्ने भएका छन् । नीशा र शरदको बिहे र भोजको निमन्त्रणा कार्ड चलचित्रकर्मी, आफन्त र साथीभाइमाझ पुगिसकेको छ ।
नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर केही दिन अगाडि चितवनमा एकसाथ देखिएपछि यी दुइले बिहे गर्न लागेको चर्चा चलेको थियो । तर, अहिलेसम्म यी दुइले मिडियासँग कुनै कुराकानी भने गरेका छैनन् ।
नीशा र शरदको बिहेले नेपाली चलचित्र र क्रिकेटलाई जोड्ने छ । नेपाली चलचित्रकी नायिका र क्रिकेटर विच बिहे हुन लागेको संभवत यो पहिलो पटक हुनसक्छ ।
यस अगाडि केही मोडल र क्रिकेटरविच प्रेम सम्बन्ध रहेपनि बिहे हुन नसकेको वुझिएको छ । निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गरेका छन् । बिहे बन्धनमा बाधिन लागेका नीशा र शरदलाई हाम्रो तर्फबाट बैबाहिक जीवनको शुभकामना ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद