काठमाडौं, १० असार । धितोपत्र बजारमा यससाता दुई अर्ब ९६ करोड १९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६४ कम्पनीको ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको हो ।
कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव शुन्य दुई प्रतिशतले कम रहेको छ । गत साता १६१ कम्पनीको ४९ लाख आठ हजार ६० कित्तासेयर दुई अर्ब ९६ करोड २५ लाख २२ हजारमा खरिद बिक्री भएको थियो ।
स्टककाअनुसार यस साता ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङकले घटेर ३३० दशमलव ९ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ३० करोड छ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो ।
त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थनामा रहेको छ । सो बैंकको सात लाख ८० हजार कित्ता सेयर कारोबार भएको थियो । यस साता विभिन्न ६ कम्पनीका बोनस र हकप्रद सेयर स्टकमा सूचीकृत भएको छ । रासस
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र