सेयर बजार : करिब तीन अर्बको कारोबार

stock-marketकाठमाडौं, १० असार । धितोपत्र बजारमा यससाता दुई अर्ब ९६ करोड १९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६४ कम्पनीको ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव शुन्य दुई प्रतिशतले कम रहेको छ । गत साता १६१ कम्पनीको ४९ लाख आठ हजार ६० कित्तासेयर दुई अर्ब ९६ करोड २५ लाख २२ हजारमा खरिद बिक्री भएको थियो ।

स्टककाअनुसार यस साता ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङकले घटेर ३३० दशमलव ९ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ३० करोड छ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थनामा रहेको छ । सो बैंकको सात लाख ८० हजार कित्ता सेयर कारोबार भएको थियो । यस साता विभिन्न ६ कम्पनीका बोनस र हकप्रद सेयर स्टकमा सूचीकृत भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग