बिजी मलमा सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो

राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नामदिइएको मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधि भर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् । Samsung Galaxy mobile expo bg mall3
बिजी मलका अध्यक्ष बासु गिरीले देशभरीका उपभोक्तालाई एकै स्थानबाट धेरै भन्दा धेरै ब्राण्डका मोबाइलका साथै उपभोग्य सामग्री सहज रुपमा सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । मोबाइल एक्सपो पनि यसैको एउटा पाटो भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो ।
असार ७ गतेबाट सुरु भएको ग्यालेक्सी मोबाइल एक्स्पो असार १७ गतेसम्म चल्नेछ । उक्त अवधि भर प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँच जनाले सेल्फी स्टीक पाउने एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।
एक्सपोमा सांगितिक प्रस्तुतीका साथै विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । १० हजार रुपैंया भन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिभर मोबाइल खरिद गर्ने मध्ये दुई जनालाई नगद फिर्ता गरिने मलले जनाएको छ ।
एक हजार रुपैंयादेखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेट उपलब्ध गराउने मलले जनाएको छ । यसका साथै एक्स्पो अवधिभर प्रत्येक दिनदुई जनालाई बिएसआर मुभिजको टिकट तथा बेसिल क्याफेका तर्फबाट लञ्च कुपन निशुल्क उपलब्ध गराइनेछ ।
चर्चित र अधिक प्रयोगमा रहेका अधिकांस मोबाइलको आधिकारिक शोरुम रहेको बिजी मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग