भारतमा सन् २०१२ सम्झाउने अर्को बलात्कारको घटना

६ असार, नयाँ दिल्ली । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्को घटना सोमबार राति भएको छ ।

भारतीय राजधानी क्यापिटल नजिकै एकजना ३५ बर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घन्टासम्म बलात्कार गरेको घटनाको समाचार मङ्गलबार भारतीय मिडियाहरुमा छ्याप्छ्याप्ती आएको छ ।

प्राप्त समाचारअनुसार सोमबार राति ती महिलालाई नयाँ दिल्लीबाट करिब ३० कीलोमीटर परको सोहना सडकमा हिँडिरहेको बेलामा नाटकीय रुपमा अपहरण गरी गुडिरहेको कारमा राखिएको थियो ।

सो कारमा चार घन्टासम्म राखेर कारमा रहेका तीन जनाले बलात्कार गरेको महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

राति अपहरणमा परेकी उनलाई मङ्गलबार बिहानीपखमात्र नोएडाको अस्पतालनजिक ल्याएर फालिदिएका थिए । सडकमा फालिएकी ती महिला बेहोस अवस्थामा भेटिएकी थिइन् ।

पछि उनलाई अस्पताल परिसरका नागरिकले देखेर प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले अस्पतालको आकस्मिक कक्षमा पु-याएका थिए ।

यस घटनालाई भारतीय सञ्चारमाध्यमहरुले सन् २०१२ को डिसेम्बरमा एकजना मेडिकल विद्यार्थीको छ जनाले बलात्कार गरेर सडकमा फालिदिएको घटनाका रुपमा समाचारमा ल्याएका छन् ।

उक्त घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नोएडाको प्रहरीले सो घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

ग्रेटर नोएडाका प्रहरी प्रमुख लभ कुमारले भनेका छन्– हामीले ती महिलाको बयानको थप प्रष्टिकरणका साथै उनले देखाएको क्षेत्रमा सिसी क्यामेराका फुटेजहरुको सङ्कलनको काम भइरहेको जनाएका छन् ।

उनले भने– यो घटना अत्यन्तै क्रुरतापूर्वक र पाँच वर्षअघि मेडिकल विद्यार्थीमाथि भएको घटनालाई थप सम्झाइदिने हिसाबले भएको छ, हामीले अनुसन्धान सुरु गरेका छौँ, तथ्य पत्ता लाग्ने छ ।

त्यस समयमा पनि २३ बर्षीया ती विद्यार्थीमाथि भएको बलात्कारको घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

त्यस घटनाका दोषीमध्ये ४ जनालाई त सर्वाेच्च अदालतको फैसलापछि मृत्युदण्ड दिइसकेको छ । भारत सरकारले सोही घटनापछि नै भारतमा बलात्कारका दोषीलाई कडा सजायको व्यवस्था गरेको छ ।

भारतमा बलात्कारका घटना निकै हुने गर्दछन् । सरकारले जति कडा कानुन ल्याए पनि यस्ता घटनामा कमी भने नआएको अधिकारीहरुले बताएका समाचारमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि